नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले परराष्ट्र र शिक्षामन्त्रीसँग भेटवार्ता गर्नुभएको छ । उहाँले उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र शिक्षामन्त्री सुमना श्रेष्ठसँग कुराकानी गर्नुभएको हो ।
राजदूत थम्पसन हिजो दिउँसो ३ बजे परराष्ट्र मन्त्रालय पुग्नुभएको बताइन्छ । झण्डै आधा घण्टा कुराकानी गरेपछि उहाँ त्यहाँबाट बाहिरिनुभएको थियो ।
लगत्तै उहाँ शिक्षा मन्त्रालय पुगेर शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठसँग शिष्टाचार भेट गर्नुभएको हो । शिक्षामन्त्रीसँग उहाँले मन्त्रालयमा साढे ३ बजेदेखि ४ बजेसम्म कुराकानी गर्नुभएको हो ।