नेभिगेसन मेनु

कांग्रेस संसद् खुलाउन तयार, गृहमन्त्रीलाई बोल्न दिने
सम्पादक:南亚网络电视
समय:2024-05-16 17:00

Parliament-of-Nepal

प्रमुख प्रतिपक्षी दल कांग्रेस संसद् खुलाउन तयार भएको छ। प्रधानमन्त्री र सभामुखको लगातारको संवाद र पहलपछि कांग्रेस संसद् खुलाउन तयार भएको हो। 

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणको छानबिनका लागि समिति बनाउने आश्वासन दिएपछि कांग्रेस गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिने र संसद् खुलाउन तयार भएको हो।  

उनले भने, ‘प्रधानमन्त्रीले संसदीय छानबिन समिति बनाउँछु, रविलाई बोल्न दिनुस् भन्नुभयो। समिति बन्ने भएपछि हामी बोल्न दिन्छौँ। अब सुरुमा कांग्रेस बोल्ने, त्यसपछि रवि बोल्ने, त्यसपछि अरू कार्यसूचीमा अघि बढ्ने समझदारी भएको छ।’ 

सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता दाबी गर्दै कांग्रेसले संघीय संसद्का दुवै सदन अवरुद्ध गर्दै आएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर