नेभिगेसन मेनु

वैदेशिक रोजगारीमा सिप अपरिहार्य
सम्पादक:南亚网络电视
समय:2024-05-14 12:25

news

जेठ १ गते । सिप अनुसारको काम र सम्मान पाउनका लागि सिप सिकेर मात्रै वैदेशिक रोजगारीमा जानुपर्ने सुझाव यहाँ आयोजित एक कार्यक्रमका सहभागीले दिएका छन् । धनगढी उपमहानगरपालिकाको सुरक्षित आप्रवासन (सामी) कार्यक्रमद्वारा आयोजित कार्यक्रममा विदेश जानै परेमा सिप सिकेर मात्रै जान सहभागीले जोड दिएका हुन् । नेपालबाट वैदेशिक रोजगारमा जानेमध्ये धेरै जसो अदक्ष कामदार हुने भएकाले श्रम शोषण र दुःख पाउने गरेको बताइएको छ। 

नेपालबाट वैदेशिक रोजगारीमा २६.२६ प्रतिशत अदक्ष कामदार जाने गरेको तथ्य सो अवसरमा प्रस्तुत गरिएको थियो । अदक्ष कामदारले काम नपाउने, काम पाए पनि दुःख हुने र श्रमको मूल्य नपाउने गरेको जानकारी त्यस अवसरमा दिइएको हो । सामी कार्यक्रमका अधिकृत लक्ष्मी चौधरीले भारतमा पनि तालिम लिएर वा सिप सिकेर जाने नेपाली कामदारको सङ्ख्या कमै रहेको बताउनुभयो । “धेरै जसो अदक्ष कामदार वैदेशिक रोजगारीमा गएको देखिन्छ,” उहाँले भन्नुभयो, “तालिम लिएर वा सिप सिकेर जानेको सङ्ख्या अझै कम छ ।”

श्रम स्वीकृति नलिई वैदेशिक रोजगारीमा जानेको सङ्ख्या पनि उल्लेख्य रहेको जनाइएको छ । आर्थिक वर्ष २०७९/८० मा यस प्रदेशबाट वैदेशिक रोजगारीमा ३३ हजार ७९५ जना गएको एक तथ्याङ्क उल्लेख छ । यसमा भारतमा रोजगारीका लागि जानेको सङ्ख्या समावेश गरिएको छैन ।  

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर