नेभिगेसन मेनु

गौतम बुद्ध विमानस्थल छिटो सञ्चालनमा ल्याउन व्यवसायीको माग
सम्पादक:南亚网络电视
समय:2023-11-28 16:18

1701155065-9aC94

मङ्सिर १२ गते । सिद्धार्थ उद्योग वाणिज्य सङ्घ, रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सुचारु गर्न समन्वयात्मक भूमिका निर्वाह गरिदिन पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग माग गरेको छ । सङ्घले यस क्षेत्रको आर्थिक मेरुदण्डका रूपमा रहेको यो विमानस्थलबाट निरन्तर उडानको व्यवस्था गर्न माग गरेको हो ।

मङ्गलबार भैरहवामा देउवालाई ज्ञापनपत्र बुझाउँदै सङ्घले विमानस्थलसँग सम्बन्धित सम्पूर्ण व्यवसाय, पर्यटन तथा आर्थिक अवस्था समेत नराम्रोसँग प्रभावित भएको बताएको छ ।विमानस्थल पूर्णरुपमा सञ्चालन हुन नसक्दा यस क्षेत्रका उद्योगी तथा व्यवसायीहरू पलायन हुने अवस्थामा पुगेको सिद्धार्थ उद्योग वाणिज्य सङ्घका अध्यक्ष ठाकुर कुमार श्रेष्ठले बताउनुभयो ।

सङ्घले ७ बुँदे माग राख्दै पूर्वप्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको वरिष्ठ उपाध्यक्ष नेत्र प्रसाद आचार्यले बताउनुभयो । सङ्घले राष्ट्रिय ध्वजावाहकको विमान उडान सुरु नहुँदासम्म अन्य स्वदेशी तथा विदेशी एयरलायन्सहरु आकर्षित नभएकाले नेपाल वायु सेवा निगमका जहाज निरन्तर उडान हुनुपर्ने, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमबाट तत्काल भैरहवा–मलेसिया मात्र नभई भैरहवा–दिल्ली, भैरहवा–कतार सेक्टरमा उडान सुरु गर्नुपर्ने, विश्वका सबै बौद्धिष्ट मुलुकहरूलाई पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित अथवा चार्टर्ड उडानका लागि समन्वय गरिनुपर्ने माग गरेको छ ।

त्यस्तै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट उडान हुने अन्तर्राष्ट्रिय विमानहरूमध्ये कम्तीमा २५ प्रतिशत अनिवार्य गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट उडानका लागि समन्वय गरिदिनुपर्ने, विमानस्थलमा उडान भएर सञ्चालनमा आउन नसकेका विद्युतीय उपकरण शीघ्र सञ्चालनमा ल्याउनुपर्ने सङ्घको माग छ ।

ज्ञापनपत्रमा भनिएको छ, ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन अघि र पछि यहाँको पर्यटन क्षेत्रको सम्भावनादेखि होटल तथा पर्यटन व्यवसायमा रु. ८० अर्ब भन्दा बढी लगानी भइसकेको छ । विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित हुन नसक्दा पर्यटन क्षेत्रमा गरेको लगानी असुरक्षित भएको महसुस गरिएको छ । अहिले बैङ्कले विभिन्न बहानामा धरपकड गरिरहेको छ । यस्तो अवस्थामा सहयोग हुनुपर्छ तर धरपकडले मानसिक चिन्ता बढ्दो छ । सो लगानी सुरक्षित गराउने वातावरणका लागि समन्वय गरिदिनुहुन हुन माग गर्दछौँ ।’ 

सङ्घले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विमानस्थल विमान सेवा कम्पनीलाई उडान अवतरण गर्नको लागि आकर्षित गराउन विभिन्न छुट सेवा दिइएकोमा त्यो छुट सेवा पुनः एक वर्षसम्मका लागि निरन्तरता दिने व्यवस्था गर्न माग गरेको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण प्रसाद शर्माले ४३ अर्ब बढी लगानीमा निर्माण भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र ८० अर्बको निजी क्षेत्रको लगानी भए पनि विमानस्थल सञ्चालनमा नआउँदा निजी क्षेत्र मर्कामा परेको बताउनुभयो । ज्ञापनपत्र बुझ्दै पूर्वप्रधानमन्त्री देउवाले व्यवसायीको मागप्रति आफू सकारात्मक रहेको र विमानस्थल पूर्ण सञ्चालनका लागि आवश्यक पहल गर्ने बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर