नेभिगेसन मेनु

श्री ५ लेखेको शिलालेख हटाइयो
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-11-27 16:39

salek2

मङ्सिर ११ गते । पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा उद्घाटन गरिएको पृथ्वीनारायण शाहको सालिकमा श्री ५ लेखेर अनावरण गरिएको सालिककाे शिलालेख हटाइएको छ ।  बिर्तामोड –१ स्थित इकम कलेजमाथि कारबाही प्रक्रिया अघि बढेपछि कलेजले हटाउन लगाएको हो ।

सो कलेजको दर्ता खारेजीका लागि प्रक्रिया पनि अगाडि बढेको बताइएको छ । कलेजले बहालवाला राजासरह पूर्वराजा ज्ञानेन्द्र शाहबाट सालिक अनावरण गर्न लगाउँदै देशमा राजतन्त्र भए जसरी ‘श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीरविक्रम शाहको करकमलबाट बिर्तामोड नगरपालिका–१ झापामा रहेको इकम कलेजको प्राङ्गणमा स्थापित राष्ट्र निर्माता श्री ५ पृथ्वीनारायण शाहको सालिक अनावरण’ गरिएको थियो । 

इकम कलेजले संविधानको ठाडो उल्लङ्घन गरेकाले दर्ता खारेजी प्रक्रिया अगाडि बढाइने बिर्तामोड–१ का वडाध्यक्ष अग्निप्रसाद पाण्डेले बताउनुभयो । पाण्डेले  इकम कलेजसँग पत्र पठाएर स्पष्टीकरण सोधिने र दर्ता खारेजीका लागि बिर्तामोड नगरपालिकाको शिक्षा शाखालाई अनुरोध गरिने बताउनुभयो । चौतर्फी विरोधपछि इकम कलेजको प्राङ्गणबाट ‘श्री ५’ लेखिएको शिलालेख हटाएको थियो ।

कलेजका सञ्चालकले आफूहरुबाट त्रुटि भएको स्वीकार गरिसकेका छन् । सालिक अनावरण गर्ने क्रममा राखिएको शिलालेखको भाषामा त्रुटि भएको महसुस भएपछि त्यसलाई हटाइएको कलेजका संस्थापक अध्यक्ष एवम् सीइओ आलोक कार्कीले बताउनुभयो । अर्को शिलालेखमा ‘श्री ५’ को सट्टा पूर्व राजा भनेर लेखिने उहाँले जानकारी दिनुभयो । सो कलेजले गत शनिबार पूर्वराजा ज्ञानेन्द्रबाट सालिक अनावरण गराएको थियो । 

यसअघि शिलालेखमा ‘श्री ५’ लेखेपछि प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले पनि स्पष्टीकरण सोध्नुभएको थियो । त्यसपछि कलेज प्रशासनले शिलालेख हटाएको थियो । इकम कलेज ८ वर्षदेखि सञ्चालनमा छ । सो कलेजले होटल म्यानेजमेन्ट, विज्ञान र व्यवस्थापन सङ्कायको कक्षा सञ्चालन गर्दै आएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर