गृह प्रशासन सुधारका लागि अध्ययन समिति गठन भएको छ। गृह मन्त्रालयले पूर्वमुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा १० सदस्यीय अध्ययन समिति गठन गरेको हो।
अध्ययन समितिको सदस्यका रूपमा शरदचन्द्र पौड्याल, शंकरप्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, डा. खंग केसी, प्रकाश अर्याल, सिंहबहादुर श्रेष्ठ, डा. विन्दु पोखरेल, विजय गौतम र सदस्यसचिवका रूपमा नीति योजना महाशाखाका सहसचिव रहने व्यवस्था गरिएको छ।
नेपाल प्रहरीका पूर्वमहानिरीक्षक प्रकाश अर्यालकाे संयाेजकत्वमा उपसमितिसमेत गठन भएकाे छ।