नेभिगेसन मेनु

गणतन्त्रविरोधी गतिविधिविरुद्ध प्रतिवादमा उत्रने ओलीको चेतावनी
सम्पादक:南亚网络电视
लेखक:नागरिक दैनिक
समय:2023-11-19 13:21

kp2023-11-19-08-34-31

प्रमुख प्रतिपक्ष दल एमालेले संघीय लोकतान्त्रिक गणतन्त्रविरोधी गतिविधिविरुद्ध प्रतिवादमा उत्रने संकेत दिएको छ । दुर्गा प्रसाईंले नेतृत्व गरेको समूहले काठमाडौंमा व्यवस्थाविरोधी शक्ति प्रदर्शन गर्न लागेका वेला एमाले अध्यक्ष केपी ओलीले त्यस्ता समूहको प्रतिवाद हुने जनाएका हुन् । 

ओलीले लोकतान्त्रिक गणतन्त्रमाथि औँला ठड्याउने काम नगर्न चेतावनी दिँदै औँला ठड्याउनेलाई एमालेले तह लगाउने चेतावनी दिए । ‘लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषा बोल्न चाहन्छु । लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोडिदिउँ । लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ, शान्तिपूर्ण ढंगले झार्छौँ, हामी झारिदिन्छौँ । त्यो सबैले बुझ्नुपर्छ,’ पार्टी कार्यालय च्यासलमा शनिबार आयोजित २३ वटै संगठनका पदाधिकारी र सम्पर्क समन्वय समितिका सदस्यको विशेष भेलामा सम्बोधन गर्दै ओलीले भने । 

प्रतिक्रियावादीले देशभरबाट काठमाडौंमा व्यक्ति ल्याएर प्रदर्शन गर्न लागेको ओलीले दाबी गरे । ‘७ गते, म सुन्दै छु, एउटा कसै–कसै व्यक्तिलाई उभ्याएर प्रतिक्रियावादी शक्तिहरू जोडतोडले लागेका छन्, देशभरबाट व्यक्ति वा मानिसहरू उतार्नका लागि । ती मानिसहरू आएर काठमाडौंमा कुनै केही हुने होइन, तिनले काठमाडौं फोहोर गर्ने मात्रै हुन्, अरू केही हुनेवाला छैन,’ ओलीले भने, ‘हामी मान्छे ओसारेर होइन, यहीँ भएका युवा, विद्यार्थी र त्यसको पृष्ठभागमा युवा, विद्यार्थी एक्लै छैनन्, त्यहाँ संरक्षक संस्थाहरू पनि छन् भन्ने म सरकार र अरू प्रकारका सबै दक्षिणपन्थी प्रतिक्रियावादी शक्तिहरूलाई भन्न चाहन्छु ।’

युवा संघ नेपालले पनि ७ मंसिरमा आयोजना गरेको जनप्रदर्शनको स्वामित्व मातृपार्टी एमालेले लिएको छ । यसका लागि सबै शक्ति ७ मंसिरमा केन्द्रित गर्ने निर्णय छ । दुर्गा प्रसाईंको नेतृत्वमा पनि ७ मंसिरमा काठमाडौंमा प्रदर्शन हुँदै छ । दुईपक्षीय प्रदर्शनले पार्ने प्रभावबारे चासो बढिरहेका वेला शनिबार भेलामार्फत एमाले अध्यक्ष ओलीले देशलाई अप्ठ्यारोबाट मुक्त गराउने गरी सरकारलाई सच्याउन ७ मंसिरमा युवा र विद्यार्थीको प्रदर्शन हुन लागेको बताए । ‘देशको परिस्थिति अप्ठ्यारो छ । बिग्रँदो छ । त्यसलाई रोक्ने दिशामा एमाले अगाडि बढ्छ । अहिले भइरहेको बेथिति, कुशासन, भ्रष्टाचार, तस्करीलाई चुपचाप हेरेर बसिरहन सक्दैनौँ,’ ओलीले भने । उनले निषेधित क्षेत्र नतोड्ने युवा÷विद्यार्थीलाई निर्देशनसमेत दिए । ७ मंसिरमा संकेत गर्न मात्रै खोजेको उनले जिकिर गरे । ‘अहिले यो संकेत मात्रै हो । हामी हतियारको राजनीति गर्दैनौँ, हिंसाको राजनीति गर्दैनौँ । शान्तिपूर्ण राजनीति भनेको प्रदर्शन हो,’ ओलीले भने, ‘समृद्ध नेपाल : सुखी नेपाली बनाइछोड्ने संकल्प बोकेर हिँडेको शक्ति देशमा छ । लोकतान्त्रिक गणतन्त्र अरूले ल्याइदिएको मञ्चमा गएर हामी नाचेको होइन । यो धेरै ठूलो बलिदानबाट ल्याइएको व्यवस्था हो ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर