नेभिगेसन मेनु

दशैंको माहोल तातिए सँगै सेलाएको उपत्यका
सम्पादक:南亚网络电视
समय:2023-10-20 15:05

0

अब उपत्यका केही दिनका लागि सेलाएको छ। दसैँमा घर जानेको लार्कोले उपत्यका सुनसानै जस्तो भएको छ। देशका कुना कुना बाट कर्मभूमि बनाउन काठमाण्डौ छिरेका नेपालीहरु दशैंको मुखमा पर्ने बित्तिकै पुन: आफ्नो आफ्नो जन्मथलोतिर छरिन थालिसके।

दशैंको षष्ठी सम्म आइपुग्दा सात लाख पाँच हजार बाहिरिसकेका छन् भने फूलपाती सम्ममा करिब-करिब बीस लाख मानिसले सहर छाड्ने अनुमान गरिएको छ। घर जानेहरूको संख्या बढ्न थालेकाले उपत्यका बाहिरिने नाका तथा सडकखण्डमा यात्रु र सवारीसाधनको चाप बढेको छ । 

सदैव थेलम्थलले जाम देखिने अस्तव्यस्त सडकहरुपनि बिस्तारै फराकिलो हुन थालेका छन् तर दशैं लागे सँगै नेवारको खाल्डो मानिने यस काठमाण्डौ उपत्यकामा पनि छुट्टै रौनक बढ्दै गएको छ। दसैँमा रौनक बडे सँगै यहाँका अँध्यारो रहने गल्लीहरू पनि उज्याला झिलिमिली बत्तीले उजयमान भएका छन्। मानिसहरू आफ्नो घरमात्र नभई सामुदायिक भवानीकाे मन्दिरहरूको टाईल पनि साबुन पानीले घोटी घोटि सफासुग्घर राखेका छन् भने मन्दिर मात्र नभई मन्दिर पुग्ने बाटोमा समेत झिलिमिली बत्तीले सजाएर उज्यालो स्वागत दिएका छन्। त्यसैमाथि सयपत्री फूलका बोट बिरुवा तथा केराका खाम्बाले पनि मन्दिर सजाइएको पाइएको छ। नेवारी वस्ती भएर होला नेवारको रातो कपडाले पनि मन्दिरहरुको छुट्टै नै झल्को दिएको छ। थप, वरपरका पोखरी तथा सार्वजनिक पार्कहरूमा समेत दशैं निक्कै उज्यालै भएर लागेको छ।

त्यतिमात्र नभएर, यहाँका ठूला-ठूला रेष्टुराँ तथा कम्पनीले ग्राहकलाई आकर्षित गर्न भनी चिल्लो सिसाका ढोकाहरु बाटै प्रष्ट देखिने गरी थारीपरीका फूल र झिलिमिली बत्तीले सजाइएको बासका सा- साना पिङहरु, दशैकै खुसियाली झल्काउन राखेका छन्। अझै, भिन्न भिन्न बजारिय चङ्गाहरु झ्याल ढोकामा सजिएको देख्दा साँच्चिनै त्यसले दशैकाे नयाँ उमङ्ग दिने गर्दछ।

18497

उपत्यका बाहिरिने लर्को

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख डिआइजी पोषराज पोखरेलका अनुसार उपत्यका छाड्ने यात्रुहरूको चाप दिन–प्रतिदिन बढ्दो छ । ट्राफिक प्रहरीले उपत्यकाका १५ भन्दा बढी ठाउँमा यात्रु सहायता कक्ष राखेर यात्रुहरूलाई सहायता गर्दै आइरहेको छ । त्यस्तै, ट्राफिक व्यवस्थापनलाई पनि चुस्त पार्न अन्य समयको तुलनामा बढी ट्राफिक परिचालन गरिएको छ । ‘उपत्यका छाड्नेको संख्या बढ्दो छ, यो संख्या अझ बढ्छ ।’ उनले भने, ‘चाडबाडमा हुने दुर्घटना रोक्न हामीले सवारीसाधन चेकजाँचलाई तीव्र बनाएका छौँ ।’ 

हालसम्म सडकमार्ग हुँदै सार्वजनिक सवारीसाधनमार्फत बाहिरिनेको संख्या चार लाख ६५ हजार छ । तर, उपत्यकाबाट बाहिरने संख्या यति मात्रै होइन । घटस्थापनायता निजी सवारीसाधनबाट घर फर्कनेको संख्या पनि ठूलो छ । ट्राफिक कार्यालयका अनुसार मोटरसाइकलबाट एक लाख, अन्य निजी सवारीसाधनबाट एक लाख र हवाईमार्गबाट ४० हजारभन्दा बढी यात्रुहरू बाहिरिसकेका छन् । यो सबै जोड्दा करिब सात लाख पाँच हजार हुन आउँछ । 

ट्राफिक कार्यालयको तथ्यांकअनुसार गत वर्ष नौ लाख यात्रु दसैँमा घर फर्किएका थिए । तर, यो वर्ष अझै बढ्ने अनुमान छ । ट्राफिक कार्यालयले यसपटक १२ लाखभन्दा बढी यात्रुले उपत्यका छाड्ने अनुमान गरेको छ । विगतका वर्षहरूमा कोभिडको त्रास रहेको र अन्य कारणले उपत्यका बाहिरिनेको संख्या केही कम भए पनि यो वर्ष भने उपत्यका छाड्नेको संख्या धेरै हुन सक्छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर