नेभिगेसन मेनु

देउडा संरक्षणका लागि संस्कृति मञ्च सक्रिय
सम्पादक:南亚网络电视
समय:2023-10-27 14:56

blog

हुम्ला, कात्तिक ९ गते । देउडाको संरक्षणका लागि हुम्लाको सिमकोट गाउँपालिकामा देउडा संस्कृति मञ्च लागिपरेको छ । मञ्चले प्रत्येक महिना देउडा गीत गाउने कार्यक्रम आयोजना गर्ने गरेर यसको जगेर्नामा लागेको हो ।

२०८० वैशाख १ गतेदेखि देउडा, ढाल, दमायालगायतका संस्कृति संरक्षणका लागि देउडा कार्यक्रम सुरु गरिएको छ । देउडा संस्कृतिप्रति नयाँ पुस्ताको रुची नदेखिदा गाउँका स्थानीयले देउडा संस्कृति मञ्च नै गठन गरी यो कार्यक्रम शुभारम्भ गरेका हुन् । 

गत वैशाखदेखि हुम्लाको सिमकोटमा महिनाको दुई दिन १ र १५ गते देउडा प्रतियोगिता हुनेगरेको छ । प्रतियोगिता हेर्न टाढा टाढादेखि सबै वर्ग र तहका स्थानीयहरु भेला हुनेगरेका छन् । पश्चिमेली संस्कृतिको दबाबमा हुम्लाको संस्कृति लोप हुने डर देखिदा आफ्नो संस्कृति जगेर्नाका लागि स्थानीय बुढापाकाहरु एकजुट भएको बताएका छन् ।

देउडा गीतमा पहिला पहिला रामायणका रामसीताको चरित्र, महाभारतको गाथा, प्रकृतिको बयानगाथा, मायापिरती, दुःख वेदनाका गीतहरु गाइने गरिन्थ्यो । यो पहिले केटाकेटीले बिबाह गर्ने माध्यम पनि थियो । केटाकेटी मिलेर रातभर देउडा गाउने सामान्यजस्तै थियो, उति बेला । तर अहिले गाउने चलन हटिसकेको बुढापाकाको भनाइ छ । 

सुदूरपश्चिम र कर्णालीका युवा जनशक्तिहरू आफ्नो संस्कृति छाडेर वाह्य संस्कृतिसँग आकर्षित हुँदा देउडा पनि लोप हुँदैगएकाले आफुहरुले युवाहरुको आकर्षण बढाउन प्रतियोगिता नै गर्ने निर्णय गरेको देउडा संस्कृति संरक्षण मञ्चका अध्यक्ष तीर्थराज रोकायाले बताउनुभयो । अहिलेसम्म संस्कृति संरक्षण अभियानमा ९४ जना सदस्य भएका छन् । 

गाउँका महिला पुरुष परम्परागत पहिरनमा सजिएर देउडा गाउने गर्दैआएका छन् । गत असोज १५ गते अछाम जिल्लाका देउडा गायिका पानसरा थापालाई समेत अतिथिका रुपमा आमन्त्रण गरिएको थियो । उहाँले देउडाको संरक्षणका लागि अभियान सुरु भएको र यसलाई निरन्तरता दिनका लागि चुनौती पनि उस्तै रहेको बताउनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर