नेभिगेसन मेनु

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-10-31 18:54

share2023-07-14-10-27-52

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। आज नेप्से परिसूचक १४.२९ अंकले घटेर एक हजार आठ सय ६४.४० को विन्दुमा कायम भएको हो।

विभिन्न दुई सय ८६ कम्पनीका २२ लाख ५८ हजार एक सय ८७ कित्ता सेयर २५ हजार ६ सय २५ पटक खरिद–बिक्री हुँदा रु. ५७ करोड १४ लाख ८३ हजार दुई सय ७६ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा सबै समूहको उपसूचक रातो देखिएका छन्। सबैभन्दा धेरै जीवन बिमा समूह १.४६ र लघुवित्त समूह ०.८४ प्रतिशतले घटेको छ।

आज सबैभन्दा धेरै माहुली लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ६.०५ प्रतिशतले बढेको छ। सबैभन्दा धेरै घट्नेमा भने सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको सेयर मूल्यमा ९.९८ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रु. एक करोड ७० लाख ११ हजार चार सय ७८ बराबरको कारोबार भएको छ। कारोबार भएका सेयर संख्याका आधारमा भने प्रभु स्मार्ट फन्डको सबैभन्दा धेरै एक लाख १७ हजार तीन सय कित्ता सेयर किनबेच भएको छ। रासस

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर