नेभिगेसन मेनु

स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेलको आशंका
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-30 16:56

senitari-pad

कात्तिक १३ गते । पर्वतको कुश्मा नगरपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई निःशुल्क वितरण गर्ने भनी खरिद गरिएको स्यानिटरी प्याडमा आर्थिक चलखेल भएको आशंका गरिएको छ । 

आर्थिक अनियमित्ताका कारण खरिद गरिएको स्यानिटरी प्याडको भुक्तानी रकम रोकिएपछि वितरण गरिएको छैन । नेपाल सरकारको शसर्त अनुदानअन्तर्गत आर्थिक वर्ष २०७९–८० को स्वीकृत कार्यक्रमअनुसार स्यानिटरी प्याड खरिदका लागि विराटनगरको जसमिन हाइजिङ प्रोडक्ट प्रालिसँग मिति २०८० असार १२ मा सम्झौता भएको थियो । 

नगरपालिकाले उक्त कम्पनीसँग गरिएको खरिद सम्झौतामा ३३ हजार २ सय २५ प्याकेट (प्रति प्याकेट ८ वटा) का लागि प्रतिप्याकेट ३६.२८ दरले जम्मा १२ लाख ५ हजार ४ सय ३ भुक्तानी गर्नुपर्ने हुन्छ । खरिद सम्झौताअनुसार प्याडको स्पेशिफिकेशन लम्वाइ २८० मिमि, चौडाइ ७० मिमि र अल्टाथिन गुणस्तरको हुनुपर्ने उल्लेख छ । 

सप्लायर्स कम्पनीले सम्झौता बमोजिमको खरिद सामग्री उपलब्ध गराउनेक्रममा नियमित प्रक्रिया पूरा नगरी शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीसँग मात्र सम्पर्क गरी स्यानेटरी प्याड बुझाएको थियो । खरिद भुक्तानी रकम माग गर्ने कम्पनीले नगरपालिका कार्यालयको खरिद इकाई, जिन्सी शाखा, शिक्षा शाखाका अन्य कर्मचारी, कार्यालय प्रमुखलगायत कसैसँग समन्वय गरेको थिएन । 

कसैसँग समन्वय नै नगरी सप्लायर्सबाट बुझिएको स्यानिटरी प्याड नगरपालिकाको एक कोठामा भण्डार गरिएको थियो । भण्डार गरिएको स्यानिटेरी प्याडको नमूना हेर्दा चार प्रकारका देखिएको, कम संख्या साथै कतिपय प्याड सम्झौताविपरितको रहेको पाइएपछि प्रशासकीय अधिकृत चण्डीका पौडेलले छानविन समिति गठन गर्नुभएको थियो । 

नगरपालिकाका सूचना अधिकारी ध्रुवराज पौडेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन भएको थियो । छानविन समितिले तयार पारिएको छानविन प्रतिवेदनअनुसार सप्लायर्स कम्पनिसँगको मिलेमतोमा शिक्षा अधिकृत विष्णुप्रसाद तिवारीले खरिद सम्झौतामा उल्लेखित स्पेसिफिकेशनभन्दा फरक किसिमको समेत गरी सम्झौतामा उल्लेखित परिमाणभन्दा कम परिमाणमा सप्लाई गरी भुक्तानी माग गरिएको थियो । 

छानविन प्रतिवेदनमा कम्पनीले सप्लाई नगरेको नपुग परिमाणका सामग्रीहरु कार्यालयभन्दा अन्यत्र भण्डारण गरिएको अन्य सरोकारवाला शाखासँग कुनै समन्वय नगरी एक्लै सामान बुझिलिएको हुँदा शिक्षा अधिकृत शाखा प्रमुख तिवारी सप्लायर्सको मतियार भएको देखिने बताइएको छ । 

सम्झौताअनुसार सेनिटरी प्याडको लम्वाइ २८० मिमि हुनुपर्नेमा भण्डार गरिएको प्याडको लम्वाई २३० मिमि मात्रै रहेको र एउटा प्याडभित्र ८ पिस हुनुपर्नेमा ६ पिस मात्र भएको पाइएको छ । भण्डारमा पाइएको स्यानिटरी प्याड सम्झौता संख्याभन्दा धेरै कम जम्मा १६ हजार ६ सय ७५ रहेको छ ।

सम्झौताअनुसार स्यानिटेरी प्याड उपलब्ध नभएपछि नगरपालिकाले रकम भुक्तानी नगरेको सूचना अधिकारी ध्रुवराज पौडेलले बताउनुभयो । सूचना अधिकारी पौडेलका अनुसार सामुदायिक विद्यालयका छात्रालाई यस आर्थिक वर्ष नगरपालिकाले स्यानिटेरी प्याड वितरण गरेको छैन । 

स्यानिटरी प्याड खरिदमा आर्थिक चलखेल गर्ने शिक्षा अधिकृत तिवारीलाई मेयर रामचन्द्र जोशीको विशेष सक्रियतामा अहिले कार्यकारी प्रशासकको जिम्मेवारी दिइएको छ । सेनिटरी प्याड खरिदको सम्वन्धमा प्रशासकीय अधिकृत तिवारीले भन्नुभयो, “पोहोर टेण्डरको विवादले खरिद गर्न सकिएको थिएन । अब भने छिटै नै खरिद प्रक्रिया अगाडि बढाइने छ ।” 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर