काठमाण्डु- नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले दसैँको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले मंगलबार यस वर्षको दसैँको टीकाको साइत सार्वजनिक गरेको हो । जसअनुसार दसैँको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११ बजेर २ मिनेटमा रहेको छ ।
यस्तै यस वर्षको दसैँको सुरुवात असोज २८ गते आइतबार हुनेछ । समितिका अनुसार घटस्थापनाको साइत बिहान ११ः२९ बजे रहेको छ । यस्तै कार्तिक ४ गते शनिबार फूलपाती रहेको छ । त्यसदिन तुलजाभवानी यात्रा बिहान ८ः२४ बजे शुभ रहेको छ । कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत रहेको छ ।