नेभिगेसन मेनु

थारु गाउँबस्तीमा सखिया नाचको रौनक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-13 16:46

Sakhiya-naach

असोज २६ गते । चाडपर्व नजिकिएसँगै थारु बस्तीमा सखिया नाचको रौनक छाएको छ । दसैं आउन थालेपछि कैलाली, कञ्चनपुरका थारुले आ–आफ्ना गाउँमा सखिया नाच नाच्न थालेका हुन् । 

यो नाचको पैँयाले साँझपख थारु बस्ती गुल्जार बनिरहेको छ । धेरै वर्षको अन्तरालपछि आफ्नो गाउँमा पुनः सखिया नाच हुन थालेपछि हर्षोल्लास बढेको कैलारी गाउँपालिका –३ खोनपुरका सुजित चौधरीले जानकारी दिनुभयो । 

“२०–२५ वर्षपछि गाउँमा सखिया नाच भइरहेको छ” उहाँले भन्नुभयो, “नाचले यो पटक गाउँ गुल्जार बनेको छ ।” सखिया नाच दसैं – तिहारको अवसरमा थारु समुदायका महिलाले सामूहिक रुपमा नाच्ने परम्परागत नृत्य हो । यो नाच मादल र मजिराको तालमा विभिन्न तरिकाले नाचिन्छ ।

सखिया नाच्ने सिजनमा खेतीपातीको काम पनि हुनेगरेको छ । दिनभरी खेतमा काम गरेर थाकेका स्थानीयले साँझपख सखिया नाच हेरेर थकाइ मार्ने गरेका छन् । नाचको कारण गाउँमा रौनक थपिएको चौधरीले बताउनुभयो । 

साथीसङ्गीहरु मिलेर सामूहिक रुपमा नाच्ने नृत्य भएकाले यो नाचलाई सखिया नाच भन्ने गरिएको बताइन्छ । थारु समुदायमा महिलाले महिला साथीलाई ‘सखी’ भन्ने गर्दछन् । सखी अर्थात साथीहरु मिलेर नाच्ने नाच भएकाले यसलाई सखिया नाच भनिएको हो ।   

अहिले सबैजसो थारु गाउँमा राति सखिया नाच नाच्ने गरेको संस्कृतिप्रेमी सोम डेमनडौराको भनाइ छ । उहाँका अनुसार सखिया नाचमा विशेषगरी पैँया लाग्ने र कान्हाको कथासँग सम्बन्धित गीत गाउने गरिन्छ । सखियाको रौनक, प्रेम, सद्भाव, माया र सौहार्दता अत्यन्त प्रिय र आनन्द अनुभूति गराउने खालको हुने डेमनडौराको बुझाइ छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर