नेभिगेसन मेनु

महाकाली नाचको रौनक
सम्पादक:南亚网络电视
लेखक: गोरखापत्र
समय:2023-10-01 14:00

zdxfb

काठमाडौं उपत्यका इन्द्रजात्रामय भइरहँदा यहाँका चोक चोक गल्लीमा सांस्कृतिक झाँकीदेखि लिएर धार्मिक गतिविधि धेरै भएको देख्न पाइन्छ ।  मुकुट लगाएका देव देवीले आफ्ना नाच प्रस्तुत गर्छन्  । सबै मुकुट लगाएर नाचिने देवीदेवताहरुको नाचको आ–आफ्नै महत्व र मौलिकता रहि आएको छ । किलागल टोलबाट पुलुकिसी तथा दिं प्याखँ जसलाई देवी नाच पनि भनिन्छ , हलचोकबाट निकालिने सवः भकु  तथा मजिपातबाट निकालिन्छ लाखे मुख्य हुन् ।

त्यसैगरी भक्तपुरबाट ल्याइने महाकाली नाच पनि लामो समयदेखि चलिआएको परम्परा हो । द्वादशीका दिन इन्द्रध्वजोत्थानदेखि सुरु भएको इन्द्रजात्रामा विभिन्न देवदेवीको पूजाआजा गर्नेदेखि आफ्नो पितृलाई समेत सम्झिने गरिन्छ । यो पर्व विशेषतः काठमाडौंमा मनाइने भएता पनि यो जात्रामा भने भक्तपुरको उपस्थिति पनि देखिन्छ । इन्द्रजात्राको अवधिभर नचाइने महाकाली नाचले भने भक्तपुरको प्रतिनिधित्व गरेको देखिन्छ । महाकाली नाचमा असत्यमाथि सत्यको जित भएको कुरा देखाइन्छ ।

पुराणअनुसार पहिले दानवको राज्य थियो । ती दानवले मानिस र देवीदेवतालाई दुःख दिए । भगवान विष्णुले पार्वतीलाई महाकालीको रूप धारण गर्न लगाए । महाकाली दायाँ–बायाँ कुमारी र महालक्ष्मीका साथ युद्ध गर्न आइन् । युद्धमा उनले दानवको वध गरिन् ।  यसैको विजयोत्सव रुपमा महाकाली नाचलाई लिइन्छ । पहिले पहिले यो नाच पुरुषले मात्र नाच्ने गर्थे । अहिले समय फेरिएको छ, यो नाचमा महिला र पुरुषकै सहभागिता उल्लेख्य हुन्छ ।                               

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर