नेभिगेसन मेनु

टुँडिखेलमा गौरा
सम्पादक:南亚网络电视
लेखक:नयाँ पत्रिका
समय:2023-08-25 12:09

gaura2023-08-25-06-20-17

सुदूरपश्चिम र कर्णालीको पहाडी र कर्णालीमा मनाइने गौरापर्व पछिल्ला वर्षहरूमा काठमाडौंमा पनि मनाइन्छ । सुदूरपश्चिम र कर्णालीबाट आएर काठमाडौंमा बसेकाहरूले गौरापर्वका दिन टुँडिखेलमा देउडा गाउने र नाच्ने गर्छन् ।

यसपालि पनि मनाए । बिहीबार टुँडिखेलमा गौरा मनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि पुगे । सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता भीम रावल, कांग्रेस नेता रमेश लेखक, परराष्ट्रमन्त्री एनपी साउदलगायतसँगै प्रचण्डले पनि देउडा गाउँदै नाचे । गौराका अवसरमा गोलबद्ध भई लोकभाकामा देउडा, धमारी र चैतका माध्यमबाट एक–अर्कामा दुःख, सुख बाँड्ने गरिन्छ । 

सुदूरपश्चिम र कर्णालीका पहाडी क्षेत्रमा उमा महेश्वरसहित दुबोको पूजा गरेर तीन दिनसम्म गौरा मनाइन्छ । भाद्र शुक्ल अष्टमीमा मनाइने गौरालाई उज्याली र कृष्णाष्टमीमा मनाइने गौरालाई अँध्यारी भनिन्छ । शक्ति र प्रकृतिका रूपमा शिव र पार्वतीको पूजा गरी पाँच प्रकारका अन्नबाट बनेको ‘बिरुँडा’लाई अर्पण गरेपछि प्रसादका रूपमा ग्रहण गरेर गौरा मनाउने प्रचलन छ । गौरापर्व मनाउँदा आत्मशान्तिसँगै मोक्ष प्राप्त हुने विश्वास जनमानसमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर