नेभिगेसन मेनु

वन्यजन्तुका लागि कृत्रिम पोखरी
सम्पादक:南亚网络电视
समय:2023-05-19 19:16

pokhari-nirmaan

कैलालीको लम्कीचुहा नगरपालिकास्थित सामुदायिक वनमा वन्यजन्तुले पानी पिउनका लागि कृत्रिम पोखरी निर्माण गरिएको छ । वडा नम्बर–१ मा रहेको चेतना सामुदायिक वन र ३ मा रहेको मुक्त कमैया सामुदायिक वनमा कृत्रिम पोखरी बनाइएको हो । 

सुख्खा याममा वन क्षेत्रका जलाशय सुकेर वन्यजन्तुलाई पानी खानका लागि उत्पन्न हुने समस्यालाई मध्यनजर गरेर कृत्रिम पोखरी निर्माण गरिएको जनाइएको छ । बर्खा याममा थोरै पानी जम्दै आएको स्थानमा व्यवस्थित गरेर कृत्रिम पोखरी बनाइएको चेतना सामुदायिक वनका कार्यालय सचिव कुमारी सार्कीले बताउनुभयो । 

“पहिलेदेखि अलिअलि पानी जम्ने गर्थ्यो”, उहाँले भन्नुभयो, “त्यसलाई व्यवस्थित गरेर पोखरी बनाएका छौं ।”  तीन सय ८९ हेक्टर क्षेत्रफलमा फैलिएको वनमा कृत्रिम पोखरी बनाइएपछि वन्यजन्तुलाई पानीको लागि सहज भएको उहाँको भनाइ छ । सो सामुदायिक वनमा निलगाई, हरिन, बँदेल, खरायो लगायतका वन्यजन्तु छन् । 

विगतमा सुख्खा याममा वनभित्र जलासय नहुँदा वन्यजन्तुहरु राजमार्ग पार गरेर कर्णाली नदीमा पानी खान जाने गरेका थिए । त्यो बेला गाडीले सडकमा वन्यजन्तुलाई किच्ने समस्या रहेको थियो । लम्की क्षेत्रमा गाडीको ठक्करले निलगाईसमेतका वन्यजन्तु मरेको उल्लेख गर्नुहुँदै संरक्षणकर्मी विजयराज श्रेष्ठले वन्यजन्तुलाई सामुदायिक वनभित्रै पानी उपलब्धताका लागि कृत्रिम पोखरी बनाउनु सह«ानीय कार्य रहेको उल्लेख गर्नुभयो । 

चेतना बनाइएको कृत्रिम पोखरीलाई स्थानीयले रेहटाई वा रिठाई ताल भन्ने गरेका छन् । तालले चार हेक्टर क्षेत्रफल ओगटेको कार्यालय सचिव सार्कीले जानकारी दिनुभयो। उहाँका अनुसार सुख्खा याममा तालको पानी सुक्ने गरेको छ । “सुकेको बेला बोरिङले पानी हाल्ने गरेका छौं”, सार्कीले भन्नुभयो,“सामुदायिक वनको अहिले आम्दानी छैन । त्यसैले ताललाई धेरै व्यवस्थित गर्न सकेका छैनौं ।” 

यसैगरी, चुरेको फेद भावर क्षेत्रमा रहेको मुक्त कमैया सामुदायिक वनमा कृत्रिम पोखरी बनाइएपछि वन्यजन्तुको ज्यान जानेक्रम रोकिएको छ । पानीका लागि राजमार्ग पार गरेर कर्णाली नदीमा जाने वन्यजन्तुलाई गाडीले किच्ने, कुकुरले मार्ने, लखेट्ने जस्ता समस्या देखिएपछि पोखरी निर्माण गरिएको स्थानीय हिट्टु चौधरीले बताउनुभयो । उहाँका अनुसार अब त्यस्तो समस्यामा कमी आएको छ । वनमा वन्यजन्तुसमेत बढेको चौधरीले उल्लेख गर्नुभयो । 

वर्षा याममा वनभित्र जताततै पानी हुने गरे पनि सुख्खा याममा सुक्ने गर्दछ । जसको कारण वन्यजन्तुलाई पानीको समस्या हुने गर्छ । पानी सबै प्राणीलाई नभइ नहुने भएकाले वन्यजन्तुका लागि वन क्षेत्रमा पानीको व्यवस्थापन हुनु पर्ने संरक्षणकर्मीको जोड छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर