नेभिगेसन मेनु

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेता परिवर्तन
सम्पादक:南亚网络电视
समय:2023-05-11 13:14

dfbs

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशको संसदीय दलका नेता परिवर्तन गरेको छ । 

सो पार्टीबाट दुई जना सरकारमा जाने भएपछि दलको जिम्मेवारी हेरफेर गरिएको हो । नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेताबाट रामेश्वर चौधरी र प्रमुख सचेतक लक्ष्मण किशोर चौधरी जिम्मेवारीबाट हट्नु भएको छ । उहाँहरू दुवै जना सुदूरपश्चिम प्रदेशको मन्त्री बन्ने तयारी गरिरहनु भएको छ । 

नागरिक उन्मुक्ति पार्टीले अब संसदीय दलका नेता घनश्याम चौधरीलाई चयन गरेको छ । उहाँ कैलाली क्षेत्र नम्बर ३ निर्वाचित हुनु भएको थियो । यसै गरी, प्रमुख सचेतकको जिम्मेवारी खुसीराम डङ्गौरा थारुले पाउनु भएको प्रदेश सभा सदस्य कैलाश चौधरीले जानकारी दिनुभयो । सचेतकको जिम्मेवारी भने कैलाशले पाउनु भएको छ । 

पार्टीबाट सुदूरपश्चिम प्रदेशको मन्त्री बन्नेहरूले संसदीय दलको जिम्मेवारी अरूलाई दिनु पर्ने सर्वसम्मत निर्णय अनुसार दलभित्र जिम्मेवारी हेरफेर गरिएको जनाइएको छ । ‘यो निर्णय केही दिन अगाडि नै भएको थियो’, सचेतक चौधरीले भन्नुभयो,‘कार्यान्वयन अहिले गरेका हौँ ।’ सुदूरपश्चिम प्रदेश सभामा चौथो ठुलो दल नागरिक उन्मुक्ति पार्टीबाट सात जना सदस्यको प्रदेश सभामा उपस्थिति छ ।  

सो पार्टीले दुई मन्त्री र एक राज्यमन्त्री पठाउने तयारी गरेको छ । भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सामाजिक विकास मन्त्रालय आफ्नो पार्टीले माग गरेको चौधरीले बताउनुभयो । ‘भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय हामीले पाउने फिक्स भइसकेको छ’, उहाँले भन्नुभयो,‘तर, अर्को मन्त्रालयको विषयमा टुङ्गो लागिसकेको छैन । छलफल भइरहेको छ ।’ 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर