नेभिगेसन मेनु

तनहुँ जलविद्युत् आयोजना समयमै पूरा गर्न निर्देशन
सम्पादक:南亚网络电视
समय:2023-02-02 13:21

Untitled-1

तनहुँ, माघ १९ गते । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारीसहितको जनप्रतिनिधिहरू सम्मिलित एक उच्च स्तरीय टोलीले निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको निरीक्षण गरेको छ । 

आयोजना निरीक्षणका क्रममा सांसद भण्डारीले तनहुँ हाइड्रो राष्ट्रिय गौरवको आयोजना भएको हुँदा निर्धारित समयमा नै सम्पन्न गर्न निर्देशन दिनुभयो । देशमा सुक्खायाममा हुने ऊर्जा सङ्कट समाधान गर्न प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधिसँग समन्वय गरेर काम अगाडि बढाउन उहाँले निर्देशन दिनुभएको हो । 

सोही अवसरमा गण्डकी प्रदेश सभा सदस्य जितप्रकाश आलेले आयोजनाले प्रभावित क्षेत्रका बासिन्दाका समस्यालाई सम्बोधन गर्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले स्थानीयलाई मुआब्जा उपलब्ध गराउने विषयदेखि आयोजनाका काम अगाडि बढाउँदा स्थानीयलाई कम असर गर्ने गरी काम सूचारु गर्न आग्रह गर्नुभयो । त्यस्तै व्यास नगरपालिकाकी उपप्रमुख इन्दिरा दरैले प्रभावित क्षेत्रका मागलाई सम्बोधन गर्ने विषयमा आयोजनाले ध्यान दिनुपर्ने बताउनुभयो । म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले आयोजनाले सामाजिक उत्तरदायित्वका काम समानुपातिक ढङ्गले नगरेको र रोजगारी उपलब्ध गराउने विषयमा समेत स्थानीय तहहरूसँग समन्वय नगरेको हुँदा आगामी दिनमा त्यसलाई सुधार गर्न जरुरी रहेको बताउनुभयो ।

वि.सं. २०६२ मा पहिचान भएको र वर्षैभरि १४० मेगावाट विद्युत् उत्पादन हुने नेपालकै दोस्रो जलाशययुक्त आयोजना हो । आयोजनाको क्षेत्रभित्र ऋषिङ गाउँपालिका १, ६ र ७ गरी तीनवटा वडा, म्याग्दे गाउँपालिकाको १, २, ३, ४, र ५ गरी पाँचवटा वडा, व्यास नगरपालिकाको वडा नम्बर ५, भिमाद नगरपालिकाको ५ र ६ पर्दछ । 

आयोजनाको लम्बाइ करिब १८ किलोमिटर र जलाशय क्षेत्र ७२६ वर्ग किलोमिटर रहेको छ । त्यस्तै जलाशयको कुल भण्डारण क्षमता २९५.१ मिलियन घन मिटर रहनेछ । सो आयोजनाको बाँधस्थल दमौली नजिकैको दुले पहरामा १४० मिटर अग्लो र २१५ मिटर लामो क्रङ्क्रिट बाँध बनाइनेछ ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर