नेभिगेसन मेनु

मृतकका आत्मशान्तिको कामना गर्दे स्याङ्जामा ७२ शान्तिदिप बालिए
सम्पादक:南亚网络电视
समय:2023-01-18 13:06

deep-prajwalan_20230118100039

पोखरामा आईतबार भएको विमान दुर्घटनामा परेर मृत्यू भएकाको सम्झना एवं आत्मशान्तिको कामना गर्दै स्याङ्जामा सोमबार साँझ ७२ दिप बालिएकोे छ। 
नेपाली कांग्रेस पुतलीबजार नगर कार्यसमितिको आयोजनामा पुतलीबजार नगरपालिका १ स्थित सहिदचोकमा दिप प्रज्वलन गरिएको हो। 

दिप प्रज्वलन गर्दे जिल्ला समन्वय समितिका प्रमुख श्रीप्रसाद जिटी, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, नगर सभापति सुरजकुमार अधिकारी, सचिव महादेव श्रेष्ठले मृतक प्रति श्रद्धान्जली ब्यक्त गर्दे शोकाकुल परिवारजनमा समवेदना प्रकट गरे। 

उनीहरुले दुर्घटनाका बारेमा तथ्यसत्य पत्ता लगाई सुरक्षित हवाईयात्रा गन्तब्य निर्धारण गर्न सरोकारवालालाई सुझाव दिए। इतिहासमै सबैभन्दा ठूलो मानवीय क्षति पुगेको जनाउदै यस्ता घटना नदोह्याउन समेत उनीहरु सबैको आग्रह छ। 

दिप प्रज्वलनमा नेता तथा सर्वसाधारण लगायत सयौं सहभागी थिए। जहाज दुर्घटनामा सवार ७२ जनाको स्मरण गर्दै ७२ वटै दिप बालिएका थिए। 

काठमाडौंबाट पोखरा आएको यती एयरलाईन्सको एटिआर विमान ढल्(ब्ल्ऋ कलसाईन जहाज चालक दलका ४ जनासहित ७२ जना सवार थिए। दुर्घटनामा सबैको मृत्यु भएको जनाए पनि अहिलेसम्म ७१ जनाको शव भेटिएको छ। अब १ जनाको अवस्था अज्ञात रहेको कास्की प्रशासनले जनाएको छ। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर