नेभिगेसन मेनु

नेपाली फुटबलमा सबै नयाँ हुने छ : प्रशिक्षक एरेना
सम्पादक:南亚网络电视
समय:2026-03-14 18:30

 

 anfa-new-coach-4_bikash-dware

काठमाडौँ, फागुन ३० गते । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले शुक्रबार नेपालको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक गुग्लिएल्मो एरेनालाई सार्वजनिक गरेको छ । एक दिनअघि एन्फाका महासचिव किरण राईले एरेनालाई एक वर्षको नियुक्तिपत्र प्रदान गर्नुभएको थियो ।

स्विट्जरल्यान्डमा जन्मिएका ५२ वर्षीय एरेना प्रो लाइसेन्स प्राप्त इटालियाली प्रशिक्षक हुनुहुन्छ । नेपाली राष्ट्रिय फुटबल टोलीको नवनियुक्त प्रशिक्षक एरेनालाई मिट एन्ड ग्रिट कार्यक्रममा आफ्ना लागि फुटबल विश्वासको खेल भएको बताउनुभयो । एरेनाले भन्नुभयो, “फुटबल विश्वास हो । मेहनत गरे जित अवश्य आउँछ । मेरो लक्ष्य नेपाली खेलाडीको क्षमतालाई अभिवृद्धि गर्ने हो । अब नेपाली फुटबलमा सबै नयाँ हुने छ । नयाँ मानसिकता र नयाँ लक्ष्य पहिचान गरिने छ ।”

प्रशिक्षक एरेनाले आफूले नेपाली फुटबलबारे अध्ययन गरेर मात्र नेपाल आएको बताउनुभयो । “नेपाल खेलाडीमा क्षमता छ । २०–२५ जना क्षमतावान् खेलाडी छन् । त्यो सङ्ख्या बढाएर भविष्यमा राम्रो टिम बनाउने मेरो चाहना छ,” उहाँले भन्नुभयो ।

नेपालको मुख्य प्रशिक्षकका रूपमा गुग्लिएल्मो एरेनाको पहिलो खेल हङकङविरुद्ध हुने छ । नेपालले चैत १२ गते घरेलु मैदान दशरथ रङ्गशालमा हङकङसँग मैत्री खेल खेल्दै छ । एसियन कप छनोट अन्तर्गत लाओससँग हुने खेलको तयारीस्वरूप नेपालले सो मैत्री खेल खेल्न लागेको हो । एरेनाले पनि अहिले आफ्नो ध्यान हङकङ र लाओसविरुद्धको खेलमा केन्द्रित रहेको जानकारी दिनुभयो । “समर्थकहरू सधैँ नतिजा खोज्छन् हामी राम्रो नतिजा ल्याएर समर्थकलाई खुसी बनाउने प्रयास गर्ने छौँ,” उहाँको भनाइ छ ।

अर्को सातादेखि प्रशिक्षण सुरु गर्ने  जानकारी दिँदै उहाँले तालिम, जीवनशैली र मानसिकता अब नयाँ ढङ्गबाट हुने छ भन्नुभयो । टेक्निकल डिरेक्टर हरि खड्काले साफ च्याम्पियन बन्ने प्रमुख लक्ष्यसहित नयाँ प्रशिक्षक भित्र्याइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नयाँ प्रशिक्षक आउनेबित्तिकै सबै परिवर्तन हुने होइन । हामीले उहाँलाई स्वतन्त्र रूपमा काम गर्न दिनु पर्छ । नेपाली फुटबलले अवश्य नतिजा निकाल्ने छ । लाओससँगको खेलपछि नेपालले खेल्ने प्रमुख प्रतियोगिता साफ च्याम्पियनसिप हो ।”

नेपालको प्रमुख फुटबल प्रशिक्षक बन्नका लागि प्राप्त भएका आठ सयभन्दा बढी आवेदनबाट एरेनालाई चयन गरिएको जानकारी एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिनुभयो । । टेक्निकल डिरेक्टर खड्काले अहिले एक वर्षका लागि सम्झौता गरेको र त्यसमा उहाँको काम हेरेर सम्झौता थप हुन सक्ने बताउनुभयो । यसअघि विभिन्न देशमा रहेर प्रशिक्षकका रूपमा काम गरेको अनुभव एरेनासँग छ । उहाँ सन् २०११ मा सिङ्गापुरको क्लब एतोइल एफसी र सन् २०१२ मा अल्जेरियाको क्लब सिआर बेलौइजदादको प्रशिक्षक हुनुहुन्थ्यो । यसै गरी २०१८ मा जाम्बियाको बिल्डकन एफसीको प्रशिक्षक बनेका एरेनाले त्यसपछि स्विट्जरल्यान्डको एफसी कोन्ते पनि समाल्नुभयो । सन् २०२० मा उहाँले मोरक्कोको क्लब आरसी ओउएद जेममा प्रशिक्षकका रूपमा काम गर्नुभयो । पछिल्लो पटक सन् २०२३ मा उहाँ लाओसको यु–२३ को कार्यवाहक प्रशिक्षकको जिम्मेवारीमा हुनुहुन्थ्यो ।  

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर