नेभिगेसन मेनु

टी–२० विश्वकप : भारत र न्युजिल्यान्ड उपाधिका लागि भिड्दै
सम्पादक:南亚网络电视
समय:2026-03-08 15:27

 

 kah-098888

काठमाडौँ, फागुन २४ गते । आइसिसी टी–२० विश्वकप क्रिकेटको फाइनल खेलमा आज (आइतबार)राति साविक विजेता भारत र न्युजिल्यान्डबिच प्रतिस्पर्धा हुँदैछ ।

अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियममा साँझ ७:१५ बजे सुरु हुने खेलमा भारत घरेलु मैदानमा उपाधि रक्षा गर्ने अभियानमा छ । सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई निराश पारेको थियो ।

भारत तीन पटक टी–२० विश्वकप जित्ने तथा च्याम्पियन बन्ने पहिलो आयोजकसमेत बन्ने दाउमा छ । यता दोस्रो पटक फाइनलमा पुगेको न्यजिल्यान्ड पनि भारतलाई रोक्दै उपाधि हत्याउन चाहन्छ । न्युजिल्यान्ड सन् २०२१ को उपाधि भिडन्तमा अस्ट्रेलियासँग पराजित भएको थियो ।

सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई सात रनले हराएको थियो । यस्तै न्युजिल्यान्डले दक्षिण अफ्रिकाको अपरािजत यात्रामा पूर्णविराम लगाएको थियो । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर