नेभिगेसन मेनु

पुल भत्किएपछि काठेपुलको भर
सम्पादक:南亚网络电视
समय:2025-03-09 12:06

kath-ko-pull

एस् ए टी भी २५ फाल्गुन, काठमाडौँः बर्दिया जिल्लाका गुलरिया र बारबर्दिया नगरवासी जब्दीघाटमा रहेको भत्किएको पुल हेर्दै काठको पुलमा पैसा तिरेर यात्रा गर्न बाध्य भएका छन् । विसं २०७९ मा जब्दीघाटको पक्की पुल बाढीले पूर्ण रूपमा बगाएपछि बारबर्दिया नगरपालिकाले नदीमा डुङ्गा सञ्चालनका लागि ठेक्का लगाएको छ । स्थानीयवासी काठको पुल होस् वा डुङ्गा, पैसा तिरेर नदी तर्न बाध्य छन् । 

नदी तर्नका लागि स्थानीयले एक जनाको १० रुपियाँ, साइकलसहित एक जना २० रुपियाँ, मोटरसाइकलसहित एक जना २५ रुपियाँ, अटोरिक्साको ५० रुपियाँ, गाईभैँसी, भेडाबाख्राको १५ रुपियाँ, किसानलाई आवश्यक पर्ने मल बिउ प्रतिक्विन्टल १० रुपियाँका दरले शुल्क तिर्ने गरेका छन् । बारबर्दिया नगरपालिकाले जब्दीघाट उत्राहीका लागि वार्षिक २१ लाख रुपियाँमा ठेक्का लगाएको हो । 

बर्सातको समयमा डुङ्गामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि हिउँदयाममा नदीको बहाव घटेपछि ठेकेदारले आफ्नै लगानीमा काठको पुल सञ्चालन गर्ने गरेका छन् । काठको पुलबाट नदी तर्दासमेत डुङ्गासरह नै शुल्क असुल गर्ने गरेको छ । पुलबाट अटोरिक्सा, मोटरसाइकल, साइकललगायतका साना सवारीसाधन आवतजावत गर्न सहज भए पनि चर्को शुल्क तिरेर नदी तर्ने गरेको बारबर्दिया नगरपालिका–११ की रामकृष्णी थारूले बताउनुभयो । 

निर्माण भई हस्तान्तरण नहुँदै विसं २०७४ को बाढीले बबई नदीको जब्दीघाटको पुल भासिएपछि स्थानीयवासीको खुसी निराशामा परिणत भएको थियो । भासिए पनि जोखिम मोलेर साना सवारीसाधनमा यात्रा गरिरहेका थिए तर २०७९ को बाढीले पुललाई पूर्ण रूपमा बगाएपछि स्थानीयवासी जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका छन् । 

सुरु भएन पुलको ठेक्का

नेपाल सरकारले जब्दीघाटमा नयाँ पुल निर्माणका लागि स्रोत सुनिश्चितता गरेको भए पनि पुल निर्माणका लागि ठेक्का प्रक्रिया अन्योलमा रहेको छ । गत पुस अन्तिम सातामा अर्थ मन्त्रालयले जब्दीघाटमा अर्को पुल निर्माणका लागि एक अर्ब एक करोड २९ लाख रुपियाँको स्रोत सुनिश्चित गरेको थियो । जसमध्ये यस आर्थिक वर्षका लागि एक करोड विनियोजन गरिएको छ तर हालसम्म पुल निर्माणका लागि ठेक्का खोल्ने सुरसार देखिँदैन ।

सडक डिभिजन कार्यालय नेपालगन्जका प्रमुख नरेन्द्र भट्टले हालसम्म बोलकबोल प्रक्रियाका कागजात नबनिसकेकोले ठेक्का प्रक्रिया सुरु नभएको बताउनुभयो । पुल निर्माणका लागि तत्काल प्रक्रिया सुरु हुनुपर्ने बारबर्दिया नगरपालिका–५ का वडाध्यक्ष लालबहादुर थारूले बताउनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर