नेभिगेसन मेनु

राष्ट्रिय विभूति फाल्गुनन्दको १४०औं जन्म जयन्ती मनाइँदै
सम्पादक:南亚网络电视
समय:2024-11-10 12:19

falgunanda

एस ए टी भी २५ कार्तिक, काठमाण्डौंः नेपालका १६औं राष्ट्रिय विभूति एवं किरात धर्मका प्रवर्तक फाल्गुनन्द लिङ्देनको १ सय ४०औं जन्म जयन्ती विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विशेषगरी पाँचथर, इलाम, ताप्लेजुङसहित कोशी प्रदेशका विभिन्न जिल्लामा फाल्गुनन्दको जन्म जयन्ती भव्यताका साथ मनाउने गरिन्छ । 

विक्रम संवत् १९४२ कात्तिक २५ गते इलामको चुक्चिनाम्वामा जन्मिएका फाल्गुनन्दलाई किरात लिम्बू समुदायले समाज सुधारकका रूपमा लिने गरेका छ्न् । उनले १९८८ साल वैशाख २४ गते पाँचथरको सिलौटीमा पूर्वी नेपालअन्तर्गत १० लिम्बूवान १७ थुमका अग्रजहरूलाई भेला पारेर सत्य धर्म मुचुल्का घोषणा गर्दै समाज सुधारको अभियान थालेका थिए ।

उनले सत्यधर्म मुचुल्कामा छोरी छोरीलाई बराबर लेखपढ र समान अंश दिने लिने हक कायम गर्ने गराउनु पर्ने, सुनौली रुपौली र दाइजो प्रथा अन्त्य गर्नुपर्ने, छोरीहरू देवीका प्रतीक भएकाले उनीहरूको बिहेका लागि कुरो छिन्दा कुटुम्बबाट रीत लिनु नहुने, दाइजो दिनुको सटो शिक्षादिक्षा दिनुपर्ने वा स्वावलम्बी बनाउनु पर्ने बुँदा उल्लेख छन् ।

बाल्यकालमा आफ्ना पितासँगै गाई गोठमा बिताएका फाल्गुनन्दले जीवनको आखिरी क्षणसम्म धूमपान, मध्यपान,विलासिता, र अन्धविश्वासविरुद्व अभियान चलाएकाले उनलाई समाज सुधारकको उपमा दिइएको हो । २२ वर्षको उमेरमा भारतीय सेनामा भर्ना भएका उनले १३ वर्ष नोकरी गरेर फर्केपछि समाज सुधारको अभियानमा लागेका थिए । उनको निधन २००५ साल चैत २२ गते भएको थियो । उनलाई नेपाल सरकारले २०६६ साल मंसिर १६ गते राष्ट्रिय विभूति घोषणा गरेको हो । उनको समाधिस्थल पाँचथरको फाल्गुनन्द-७ सिलौटीमा छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर