नेभिगेसन मेनु

टीकाको उत्तम साइत ११:३६ बजे, दिनैभरि लगाउन सकिने
सम्पादक:南亚网络电视
समय:2024-10-12 11:36

dashain-tika

काठमाडौँ- बडादशैँको दशौँ दिन आज विजया दशमी मनाइँदैछ। यो दिन नेपालका अधिकांश हिन्दू समुदायमा टीका ग्रहण गर्ने चलन छ। आज टीकाको उत्तम साइत ११:३६ बजे छ।

घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट वैदिक विधिपूर्वक अभिषेक गरी टीका लगाउने चलन छ। शुभसाइतमा दशैँघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद मान्यजनबाट लगाइन्छ।

विजयादशमी आफैमा शुभदिन भएकाले आज दिनभर टीका लगाउन सामान्य मानिसले साइत खोज्नु नपर्ने पञ्चाङ्ग निर्णय समितिले जनाएको छ। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समिति अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी जानकारी दिए।

“राज्य सञ्चालकले शुभ साइतमा टीका लगाउँदा प्रभु, मन्त्र र उत्साहशक्ति प्राप्त हुने शास्त्रीय वचन रहेकाले साइत दिइएको हो, साइतमै टीका लगाउँदा देवीको शक्ति प्राप्त हुन्छ,” अधिकारीले भने।

टीकापछाडि कोजाग्रत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका लगाउने चलन पनि छ। आजको दिन टीका ग्रहण गर्न नभ्याउनेले मान्यजनको घरमा गई कोजाग्रत पूर्णिमासम्म टीका लगाउँछन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर