नेभिगेसन मेनु

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनालाई
सम्पादक:南亚网络电视
समय:2024-07-15 13:21

1721017326_copa-1200x560

कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेको छ। लाउटारो मार्टिनेजले अतिरिक्त समयमा गोल गरेसँगै अर्जेन्टिनाले कीर्तिमानी १६औं पटक कोपा अमेरिकाको उपाधि जितेको हो।

मियामीस्थित हार्ड रक स्टेडियममा सोमबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले कोलम्बियालाई १-० गोलअन्तरले पराजित गरेको हो।

खेलको निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएको थियो। त्यसपछि अतिरिक्त ३० मिनेट समय थप गरिएको थियो। यो समयमा पनि दुवै टोलीबाट गोल नभए खेलको छिनोफानो पेनाल्टी सुटआउटमार्फत् गरिने तय थियो।

कोपा अमेरिकाको नकआउट चरणमा निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीबाट गोल हुन नसके सीधै पेनाल्टी प्रहार गरिने नियम थियो। तर, फाइनलमा भने त्यो नियम लागु हुने थिएन र अतिरिक्त समय थप गरिने व्यवस्था गरिएको थियो।

तर, मार्टिनेजले ११२औं मिनेटम गोल गरे। यो नै खेलमा निर्णायक बन्यो। जारी प्रतियोगितामा उनको यो पाँचौ गोल हो। उनले जियोवानी लो सेल्सोको पासमा गोल गरेका हुन्।

सेल्सो खेलको ९७औं मिनेटमा एलेक्सिस म्याक एलिस्टरको स्थानमा मैदान प्रवेश गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर