नेभिगेसन मेनु

तानसेन–बुटवल सडक खण्ड अवरुद्ध
सम्पादक:南亚网络电视
समय:2024-07-07 12:04

pahiro

असार २३ गते । सिद्धार्थ राजमार्गमा पहिरो खसेपछि तानसेन–बुटवल सडक खण्ड अवरुद्ध बनेको छ । दुई दिनदेखि परेको बर्सातका कारण तानसेन–८, गौडे पुल नजिकै पहिरो खस्दा सिद्धार्थ राजमार्ग बिहान ६ बजेदेखि अवरुद्ध बनेको प्रहरीले जनाएको छ । 

सडकमाथिबाट खसेको पहिरा हटाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । सडक अवरुद्ध बनेपछि तानसेन, पोखरा, गुल्मीलगायतबाट आएका सवारीसाधन बिचमै राखिएका छन् । यस्तै बुटवलबाट पाल्पातर्फ आउने सबै खालका सवारीसाधन सञ्चालन हुन नसकेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

शनिवार दिनभरजसो अवरुद्ध बनेको सिद्धार्थ राजमार्ग बेलुकीपख खुलेको थियो । जिल्लाका अन्य सडक भने निर्बाध रूपमा सञ्चालन भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर