नेभिगेसन मेनु

बालुवाटार बैठक निष्कर्षविहीन, रविको नाममै कुरो अड्कियो
सम्पादक:南亚网络电视
समय:2024-05-27 14:57

441025591_1285755676145685_39153056006669911_n_p6ZWVS8pZP

सहकारी ठगी प्रकरण छानविनका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यक्षेत्र टुंगो लगाउन बसेको सत्ता र प्रतिपक्षका शीर्ष नेताहरुको बैठक निष्कर्षविहीन भएको छ । 

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा समितिको कार्यक्षेत्र निर्धारण गर्न बनेको कार्यदलका सदस्य समेतलाई राखेर शीर्ष नेताहरुले छलफल गरेका थिए । तर, सहमति नजुटेपछि नेताहरु साँझ पुन: बस्नेगरी उठेका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिकतम प्रयास गर्दागर्दै सत्ता गठबन्धनका अन्य नेताहरुका कारण सहमति हुन नसकेको नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताए । छलफल सकारात्मक भएको र साँझ सहमति कायम हुने उनले विश्वास व्यक्त गरे । 

सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको नाम तोकेरै समिति गठन गर्नुपर्ने कांग्रेसको अडानमा सत्तापक्ष सहमत नभएको परियारले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले साँझसम्म दुवै पक्षको कुरा सुनेर सहमतिमा पुग्ने विश्वास दिलाएको उनले बताए । 

कांग्रेसले दिउँसो १ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ । त्यसपछि अपराह्न सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री भेट्ने बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर