नेभिगेसन मेनु

भुटानपछि नेपालमा हरियाली धेरै, अफगानिस्तान उजाड
सम्पादक:南亚网络电视
समय:2024-05-27 14:55

441879116_391833170522666_3732796907561143214_n_p2pYqZUdgP

दक्षिण एसियाली राष्ट्रहरूमा भुटान सबैभन्दा धेरै वन क्षेत्र भएको मुलुक बनेको छ । त्यहाँ कूल भूभागको ६९.७१ प्रतिशत भागमा वनजंगल छ भने त्यसपछि नेपालको भूभागमा सबैभन्दा धेरै वन रहेको छ । नेपालको ४५.३१ प्रतिशत भूभागमा हरियाली पाइएको छ ।

तर, यो क्षेत्रमा सबैभन्दा कम अफगानिस्तानको १.८५ प्रतिशत र श्रीलङ्काको ३४.१ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ । वन तथा वातावरण मन्त्रालयका अनुसार पछिल्लो समय दक्षिण एसियाली मुलुकमध्ये भारतमा २१.७१ प्रतिशत, बंगलादेशमा १२.८ प्रतिशत, पाकिस्तानमा ४.८ र मालदिभ्समा २.७ वन क्षेत्र रहेको देखिन्छ ।

विश्वको कुल वन क्षेत्रको करिब ५४ प्रतिशत भाग ब्राजिल, क्यानडा, चीन, रुस  र अमेरिकामा छ । चीनमा कूल भू–भागको २२.९६ प्रतिशत वन क्षेत्र रहेको बताइएको छ ।

गत फागुनसम्म मुलुकभित्र १२ राष्ट्र निकुञ्ज, एक वन्यजन्तु आरक्ष, एक शिकार आरक्ष र छ संरक्षण क्षेत्र छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर