नारायणगढ–मुग्लिन सडकमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ । घाइते २२ जनामध्ये आठको अवस्था गम्भीर रहेको बताइएको छ ।
भरतपुर महानगरपालिका–२९ मध्यरात साढे १२ बजेको समयमा तीन वटा बस र एउटा ट्रक ठोक्किँदा एक युवकको ज्यान गएको प्रहरीले जनाएको छ।
काठमाडौंबाट प्यूठानतर्फ जाँदै गरेको बा.४ ख ९०८६ नम्बरको बस, नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको ना.३ ख ७९१५ नम्बरको ट्रककाठमाडौंबाट बर्दिबासतर्फ जाँदै गरेको ना. ७ ख ३२४८ नम्बरको बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना. ६ ख ८९६८ नम्बरको बस एक–आपसमा ठोक्किएको हो ।
घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाउँदै प्रहरीले १८ जनाको स्थानीय आधारभूत अस्पताल कुरिन्टारमा र चार जनाको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जानकारी दिएको छ ।