नेभिगेसन मेनु

पशुपतिनाथको भेटी गणनास्थलबाटै चोरी : कोषका कर्मचारीसहित पाँचजना थुनामा
सम्पादक:南亚网络电视
समय:2024-05-22 12:09

top_5_shiva_temples_in_kathmandu_valley_nepal-1624510458

पशुपतिनाथको भेटी चोरी गरेको आरोपमा पक्राउ परेकाहरूबाट ९७ हजार रुपैयाँ प्रहरीले बरामद गरेको छ । सोमबार बिहान १० बजे पशुपतिनाथ मन्दिरपरिसरमा सरोकारवाला निकायहरू बसेर भेटी गणना भइरहेका वेलामा पाँचजनाले मिलेमतो गरी भेटी चोरी गरेका थिए ।

प्रहरीले सिसिटिभी फुजेट हेर्दा गणना गर्ने क्रममा सर्टको बाहुला र गोजीमा भेटी लुकाउँदै गरेको देखिएको थियो । सोही आधारमा प्रहरीले सोमबार नै पशुपति क्षेत्र विकास कोष र बैंकका कर्मचारीसहित आठजनालाई पक्राउ गरेको थियो । तर, बैंकका कर्मचारीको कमजोरी नदेखिएपछि तीनजनालाई सोमबार नै छाडिएको थियो भने पाँचजनालाई प्रहरीवृत्त गौशालामा राखिएको छ । पक्राउ परेर हिरासतमा रहेकामा सबै कोषका कर्मचारी छन् । जसमा नवराज धोडारी, नवराज घिमिरे, अनिल परियार, कुमार परियार र सञ्जय नापित छन् ।

उनीहरूलाई सोमबार नै पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको वृत्तका डिएसपी केशवकुमार थेबेले जानकारी दिए । उनका अनुसार प्रहरीले पक्राउ गरेका तीनजनाबाट ९७ हजार रुपैयाँ बरामद गरेको छ । तर, यो रकम चोरीको हो या अन्य स्रोत भने प्रमाणित हुन सकेको छैन । पशुपति क्षेत्र विकास कोषले गणना गर्ने क्रममा १५ हजार हाराहारी पैसा चोरी भएको अनुमान गरेको छ । यकिन गर्न भने नसकिएको कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिए । ‘गणना गर्ने क्रममा केही रकम लुकाउने गरेको प्रत्यक्ष देखियो, सोही आधारमा खानतलासी ग¥यौँ,’ उनले भने, ‘केही रकम चोरी गरेको देखिएकाले प्रहरीले पक्राउ गरेको हो ।’

चोरीमा कोषका पदाधिकारीको समेत संलग्नताको आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पशुपतिनाथ मन्दिरमा चढाएको भेटी सशस्त्र प्रहरी, नेपाल प्रहरी, कोष र पुजारीलगायतको रोहबरमा हरेक दिन गणना गरिन्छ । औसतमा दैनिक पशुपतिनाथमा साढे तीन लाख भेटी उठ्छ । गणना गरेर सकिएपछि उक्त रकम सीधै कोषको बैंक खातामा राख्ने गरिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर