नेभिगेसन मेनु

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउ
सम्पादक:南亚网络电视
समय:2024-05-22 12:04

kailash-sirohiya-arrested2024-05-21-06-43-35

कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले मंगलबार थापाथलीस्थित कार्यालयबाट उनलाई पक्राउ गरेको हो । साँझ नै उनलाई धनुषा लगिएको छ । 

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको उजुरी परेको थियो । जिल्ला अदालतले मंगलबार उनका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । कानुन व्यवसायीसँगै रहेका सिरोहियालाई प्रहरीले कार्यालयमै पक्राउ पुर्जी दिएको थियो ।

सिरोहियाले भने उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रतिशोध साँध्न आफूलाई पक्राउ गरिएको बताएका छन् । सहकारी ठगीसम्बन्धी समाचार लेखेका कारण आफूलाई पक्राउ गरिएको उनको भनाइ छ ।‘गृहमन्त्रीजीलाई भन्न चाहन्छु– कोही उजुरी परेकै आधारमा पक्राउ पर्छ भने गृहमन्त्रीजीको दुईवटा पासपोर्ट छ । यो के हुन्छ ? म छानबिनलाई सघाउँछु । म यो देशको नागरिक हुँ । मविरुद्धको पक्राउ नागरिकताका कारण होइन, सहकारी ठगीसम्बन्धी समाचार लेखेका कारण हो । यो प्रेस स्वतन्त्रताविरुद्धको प्रहार हो,’ प्रहरीले पक्राउ गर्ने क्रममा सिरोहियाले पत्रकारसँग भने । 

नेपाल पत्रकार महासंघले पनि सिरोहिया पक्राउको विरोध गरेको छ । प्रतिशोध साँध्ने उद्देश्यले उनलाई पक्राउ गरिएको महासंघले जनाएको छ । ‘अभिव्यक्ति स्वतन्त्रतालाई बन्देज गर्ने मनासयबाट हुने राज्यशक्तिको दुरुपयोग पत्रकार महासंघ स्विकार्दैन,’ महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।सिरोहियाविरुद्ध गत १६ वैशाखमा सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय धनुषमा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरक–फरक नम्बरको दुईवटा नागरिकता लिएको उल्लेख छ । घटना नागरिकता ऐन, २०६३ विरुद्ध रहेको दाबी जाहेरीमा गरिएको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवासहितका नेताहरूले सिरोहियालाई प्रतिशोधपूर्ण ढंगले पक्राउ गरेको बताएका छन् । ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो । मिडियालाई तर्साउने उद्देश्यसहितको गठबन्धन सरकारको यो निर्णय खेदजनक छ,’ देउवाले सामाजिक सञ्जालमा लेखेका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर