नेभिगेसन मेनु

भृकुटीमण्डपमा अन्तर्राष्ट्रिय नेपाल व्यापार मेला सुरु,नेपाल र चीनसँगै अन्य ३ देशको सहभागिता
सम्पादक:南亚网络电视
समय:2023-11-30 19:13

IMG_7717

एस् ए टि भी,मङ्गसिर १४ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले हरेक वर्ष आयोजना गर्दै आएको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला बिहीबारदेखि भृकुटीमण्डपमा सुरु भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले प्रदर्शनीको उद्घाटन गर्नुभएको थियो।  

IMG_8028

स्वदेशी उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आयोजना गरिएको हो । ‘नेपाली वस्तु प्रवर्द्धन, समृद्ध नेपाल निर्माण’ भन्ने नारासहित सुरु भएको मेला मंसिर १८ गतेसम्म चल्नेछ। मेलामा चीन, भारत, पाकिस्तान र बङ्गलादेश लगायतका देशहरूको सहभागिता रहेको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा मेड इन नेपाल पेभेलियन र जुत्ता उत्पादक सङ्घको तर्फबाट ४० वटा स्टलसहितको पेभेलियन रहेको छ । 

IMG_7874

महासङ्घका अनुसार मेलामा चीनबाट ५५, भारतबाट ३०, बङ्गलादेशबाट आठ र पाकिस्तानबाट आठ गरी २१० वटा स्टलमा स्वदेशी तथा विदेशी वस्तुको प्रदर्शनी गरिएको छ । नेपालका लागि चिनियाँ राजदूत र सभामुखले मेलाको अवलोकन गर्नु भएको छ । 

नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा सुरु भएको मेलामा नेपालसहित भारत, चीन, बंगलादेश र पाकिस्तानी ब्रान्डका तयारी कपडा, पस्मिना, हस्तकला, मेकअप आइटम लगायत अन्य सामानहरू पनि प्रदर्शनी गरिएको छ। 

यस विशेष कार्यक्रममा पाकिस्तानी र बंगलादेशका स्टलहरू, नेपालमैं बसोबास गर्ने अन्तराष्ट्रिय व्यापारीहरूले राखेका हुन् ।  चिनियाँ र भारतीय व्यापारीहरु भने विशेष यही कार्यक्रमलाई सम्बोधन गर्न नेपाल आएका हुन् जसमा इन्डियन चेम्बर अफ कमर्श र चीन सरकारले विशेष सहयोग पुर्याएको छ।

 “निजी क्षेत्र देशको आर्थिक विकासको स्तम्भ हो, निजी क्षेत्रका व्यापार र व्यापारीका समस्याबारे म राम्ररी जानकार छु । म संसदीय सदस्य र सभामुखको हैसियतमा सबै महत्वपूर्ण भूमिका निर्वाह गर्नेछु।" कार्यक्रमका प्रमुख अतिथी प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बताउनु भयो। 

एस ए टी भी काे क्यामेरामा कैद आजका केही तस्बिरहरू:

IMG_7673

IMG_7676

IMG_7679

IMG_7682

IMG_7683

IMG_7705

IMG_7706

IMG_7909

IMG_7974

IMG_8020

IMG_8022

IMG_8025

IMG_8026

IMG_8033

IMG_8038

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर