नेभिगेसन मेनु

राष्ट्रपति पौडेल आज गुहेश्वरी र कमलपोखरी जाँदै
सम्पादक:南亚网络电视
लेखक:रातोपाटी
समय:2023-11-19 14:57

ramchandra-paudel1_m0CwUV78iK

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल छठपर्वका अवसरमा आज गुहेश्वरी र कमलपोखरी जाँदै छन् । राष्ट्रपति पौडेलको सचिवालयका अनुसार उनी दिउँसो ४ बजे गुहेश्वरी र ४ः३० बजे कमलपोखरी जाने कार्यक्रम छ ।

आइतबार छठ पर्वको मुख्य दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । तराई–मधेसका सबै जिल्ला, काठमाडौँसहितका विभिन्न ठाउँमा आज छठ पर्वको विशेष रौनक छ ।

आजै साँझ अस्ताउँदो सूर्यको पूजा आराधना गरी अर्घ्य दिइन्छ र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिपूर्वक समापन हुन्छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर