नेभिगेसन मेनु

सुदूरपश्चिम प्रदेश सभाको संसदीय समिति गठन
सम्पादक:南亚网络电视
समय:2023-05-22 16:44

samiti-gathan

सुदूरपश्चिम प्रदेश सभाको कार्य व्यवस्था परामर्श र विषयगत संसदीय समितिहरू गठन भएको छ । मन्त्रीपरिषद् विस्तारमा ढिलाइ भएको कारण ढिलो गरेर समितिहरू गठन गरिएको हो ।

शनिबार भएको नवौँ अधिवेशनको अन्तिम बैठकमा सभामुख भीमबहादुर भण्डारीले समितिहरू गठन भएको जानकारी दिनुभयो । सभामुखको अध्यक्षतामा कार्य व्यवस्था परामर्श समिति रहने व्यवस्था छ । यो समितिको सदस्यहरूमा प्रदेश सभा सदस्यहरू खुसीराम डङ्गौरा थारु, प्रकाश रावल, देवानसिंह विष्ट, पदमबहादुर शाही, मानबहादुर धामी, वीरबहादुर थापा, खेमादेवी विष्ट र तारा जोशी मनोनीत हुनुभएको छ । प्रदेश सभाको विविध विषयमा यो समितिले छलफल गर्ने गर्दछ । 

यसैगरी, प्रदेश सभामा मिनी संसद्को रूपमा लिइने विषयगत समितिहरू पनि गठन भएको छ । प्रदेश सभामा चार वटा विषयगत समिति रहने व्यवस्था रहेको छ । विधायन तथा प्रदेश मामिला समितिका सदस्यमा देवानसिंह विष्ट, पदमबहादुर शाही, डम्मरी महरा, जुनाकुमारी दानी सदस्य मनोनीत हुनुभएको छ । यसैगरी, सुरेन्द्रबहादुर पाल, लक्ष्मी विक, जानकी ऐर बम, इन्दिरा गिरी र प्रकाश रावल पनि सदस्यमा मनोनीत हुनुभएको छ । 

यसैगरी, टीका थापा, सन्तोषकुमारी शर्मा थापा, वीरबहादुर थापा, बेलबहादुर रानामगर, मधुदेवी भारती सार्वजनिक लेखा समितिको सदस्यमा चयन हुनुभएको छ । सोही समितिमा गीताकुमारी चौधरी, विक्रमसिंह धामी, मानबहादुर धामी, अक्कलबहादुर रावल र खेमादेवी विष्ट पनि अटाउनु भएको छ । 

अर्थ विकास तथा प्राकृतिक स्रोत समितिको सदस्यमा दीर्घबहादुर सोडारी, घनश्याम चौधरी, राजेन्द्रसिंह रावल, चक्रबहादुर महता, ललिता सुनार, मेघराज खड्का चयन हुनु भएको छ । यस्तै, अन्य सदस्यहरूमा बहादुरसिंह थापा, मानबहादुर रावल, खगराज भट्ट, शिवसिंह ओली र ताराप्रसाद जोशी रहनु भएको छ ।  

सामाजिक विकास समितिको सदस्यमा प्रदेश सभा सदस्यहरू माया पन्त, कैलाश चौधरी, हिरा सार्की, धर्मराज पाठक, निर्मलादेवी साउँद मनोनीत हुनुभएको छ । यसैगरी, शिवराज भट्ट, प्रकाशबहादुर बम, तुुल्सी देवकोटा, सरस्वती खड्का, ओमविक्रम भाट र जानकीदेवी कुँवर पनि सदस्य मनोनीत हुनुभएको छ ।  

विषयगत समितिहरूमा विधेयकको बारेमा दफावारका साथै जनसरोकारसँग सम्बन्धित विषयमा घनिभूत छलफल गर्ने गरिन्छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर