नेभिगेसन मेनु

मोक्षधाममा तीन वर्षपछि महायज्ञ
सम्पादक:南亚网络电视
समय:2023-01-09 11:55

mokshya-dham

रुपन्देही– रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं। ६ पश्चिम पहुनीस्थित मोक्षधाम सेवा आश्रममा स्वस्थानी ब्रतकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ भइरहेको छ।

गत शुक्रबारदेखि मोक्षधाम सेवा आश्रममा शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो। महायज्ञको १००८ स्वामी विवेकानन्द सरस्वती जी महाराजले औपचारिक शुभारम्भ गरेका हुन्।

मोक्षधाम सेवा आश्रमका अध्यक्ष रोमणी पाठकका अनुसार यस महायज्ञ वैदिक सनातन धर्म रक्षार्थ र राष्ट्र शान्तिका लागि आयोजना भएको हो। महायज्ञ माघको २२ गतेसम्म हुनेछ। एक महिनासम्म आयोजना हुने महायज्ञमा प्रत्येक दिन शिवपुराणका कथा, सत्संगका साथै अमृकुण्डमा शिव महाआरती हुने जानकारी महायज्ञ आयोजना समितिका सचिव वेद प्रसाद न्यौपानेले दिए।

यस महायज्ञको प्रमुख कथा वाचक पण्डित प्रकाश तिवारी रहेका छन्। संस्थापक संरक्षक पण्डित ईश्वर कृष्ण महाराज रहेको यस मोक्षधाम २०६६ सालमा स्थापना गरिएको हो। वैदिक धर्मको उन्नयन गर्ने उद्देश्यले पुराणमा उल्लेखित भारतका चारधाम जस्तै वद्रिनाथ, द्वारकाधिस, जग्गनाथ, रामेश्वरम, तथा नेपालका चारधाम विश्वनाथ ९पशुपतिनाथ०, रामजानकी धाम, मुक्तिनाथ, लुम्बिनी, पवित्र गगांहरु, सरोवरहरु र सागरहरुको जल भएको अमृतकुण्ड, वाल तथा बृद्धाश्रम, पूर्वीय दर्शनको अनुशन्धान केन्द्र स्थापना र सञ्चालन गर्ने मोक्षधामको परीकल्पना रहेको अध्यक्ष पाठक बताउँछन्।

‘माधव सेवा र मानव सेवाको नाम, आठ धाम एकै ठाउँ’ भन्ने मूल नाराका साथ १२ वर्षअघि स्थापनमा भएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, पशुपतिनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, अमृतकुण्ड, वाल तथा बृद्धाश्रम भवन, अतिथिगृह सभाहल, मानवसेवा भवन निर्माण र पाँच धामका मन्दिरहरुको जग सम्पन्न भएको जानकारी अध्यक्ष पाठकले दिए।

मोक्षधाम सेवा आश्रम सुरु भएदेखि नै प्रत्येक वर्ष महायज्ञको आयोजना गर्दै आएको थियो। तर, तीन वर्षयता कोभिडको कारणले कुनै पनि महायज्ञको कार्यक्रम भएको थिएन। यस वर्ष भने स्वस्थानी ब्रतकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ सञ्चालन गरिएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर