नेभिगेसन मेनु

आज लुम्बिनी प्रदेशमा सार्वजनिक बिदा
समय:2022-02-15 06:08

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले आज मंगलबार आफ्नो प्रदेश स्थापना दिवस मनाउँदै छ । प्रदेशको स्थायी राजधानी दाङमा स्थापना दिवस मनाउन लागिएको हो । प्रदेश सरकारको सबै काम कारवाही बुटवलबाटै हुँदै आएको भए पनि स्थापना दिवस भने दाङमा मनाउन लागेको हो ।

स्थापना दिवसमा प्रदेश सरकारले घोषणा गरेको पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, कार्यक्रम आयोजना हुने स्थानीय तहका जनप्रतिनिधि, स्थानीय पालिकामै रहेका संघसंस्थाका प्रतिनिधिलाई मात्र आमन्त्रण गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर