नेभिगेसन मेनु

लुम्बिनी प्रदेश प्रमुख शेरचनले आज पदभार ग्रहण गर्दै
समय:2021-09-25 08:41

नवनियुक्त लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले शुक्रबार (आज) पदभार ग्रहण गर्दैछन् ।

प्रदेश प्रमुख शेरचनले आज बिहान ११ बजेपछि पदभार ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरन्जिवी पौडेलले जानकारी दिएका छन् । गत मंगलबारको मन्त्रिपरिषद् बैठकले लुम्बिनी प्रदेश प्रमुखमा धर्मनाथ यादवलाई हटाएर शेरचनलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।

शेरचन लुम्बिनीका तेस्रो प्रदेश प्रमुख हुन् । २०७४ साल माघ ७ गते लुम्बिनी प्रदेशको पहिलो प्रदेश प्रमुखको रूपमा उमाकान्त झालाई नेपाली कांग्रेस नेतृत्वको सरकारले नियुक्त गरेको थियो । केपी ओली नेतृत्वको सरकार आएपछि झालाई पदमुक्त गरी यादवलाई नियुक्त गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर