नेभिगेसन मेनु

शाही र वलीको पद जोगिएपछि एमालेले माग्यो सभामुखको राजीनामा
समय:2021-08-23 04:01

 

 

लुम्बिनी प्रदेशमा सांसद कारबाहीको विषयलाई लिएर प्रदेशसभा सचिवालय र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबीच द्वन्द्व बढेको छ । सांसद अजय शाही र विमला वली खत्रीलाई एमालेले कारबाही गरेको थियो । प्रदेशसभा सचिवालयले ती सांसदलाई पदमुक्त गर्न नमिल्ने जवाफ एमालेले दिएको छ ।

 

एमाले संसदीय दलले आइतबार पत्रकार सम्मेलन गरी सभामुखले संसदको मर्यादा हनन् गरेको भन्दै पदमा बस्ने नैतिकता नभएको जनाएको छ । दलका प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुख पूर्णबहादुर घर्ती दलको कार्यकर्ता भएर आफै न्यायाधीश बनेको बताए । ‘संसदीय अभ्यासमै नभएको हास्यास्पद र लज्जास्पद छ, उनले भने,‘संसदीय मर्यादाविपरीत काम गर्ने सभामुखलाई पदमा बसिरहन मिल्दैन ।’

 

एमालेले दुई सांसदलाई पदमुक्त भएको सूचना जारी नहुँदासम्म संसद बैठक अवरुद्ध गरिरहने जनाएको छ । सभामुखले यसअघि माओवादी केन्द्र र जसपाका सांसदलाई पत्र आएको २४ घण्टा नबित्नै पदमुक्त गरेको स्मरण गर्दै एमालेले आफ्नै नजिरलाई समेत सभामुख बिर्सेको जनाएको छ । एमालेले संसद अवरुद्ध गर्ने कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

 

कारबाही गर्न नमिल्ने जवाफ

 

सभा सचिवालयले सरकारमा सहभागी एमालेका सांसद अजय शाहीलाई पदमुक्त गर्न नमिल्ने जवाफ दिएको छ । गठबन्धनमा सामेल हुदै विनाविभागीय मन्त्री भएका शाही हृदेश त्रिपाठी समूहका सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् । 

 

एमालेले आफ्नो संसदीय दलको सदस्य भएको भन्दै सरकारमा सहभागि भएपछि कारबाही गरेको थियो । सो व्यहोरोको पत्र एमालेले प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । प्रदेश सभाले सांसदलाई पदमुक्त नगरेको भन्दै दुई दिन प्रदेशसभा बैठक समेत अवरुद्ध गरेको थियो ।

 

सचिवालयले एमाले संसदीय दललाई शाहीलाई कारबाही गर्न नमिल्ने व्यहोराको पत्र पठाएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए । एमालेले अर्का सांसद विमला वलीलाई समेत कारबाही गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले वली र शाही दुबैलाई एमालेले कारबाही गर्न नसक्ने निर्णय लिएको पुनले जानकारी दिए ।

 

प्रदेशसभाले प्रकाशन गरेको पुस्तकमा भने शाही एमाले संसदीय दलको सदस्य रहेको उल्लेख गरिएको छ । वली नेकपा पार्टी रहदा उपचुनावबाट निर्वाचित भएकी हुन् । उनले आफूले माओवादी रोजेको बताएकी छन् ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर