लुम्बिनी प्रदेशसभा सचिवालयको जवाफ : सांसद शाही र वलीलाई कारबाही गर्न मिल्दैन
समय:2021-08-23 04:05

 

 

लुम्बिनी प्रदेशसभा सचिवालयले सरकारमा सहभागी एमालेका सांसद अजय शाहीलाई पदमुक्त गर्न नमिल्ने जवाफ दिएको छ । गठबन्धनमा सामेलहुँदै विनाविभागीय मन्त्री भएका शाही हृदेश त्रिपाठी समूहका सूर्य चिन्हबाट निर्वाचित सांसद हुन् । 

 

एमालेले आफ्नो संसदीय दलको सदस्य भएको भन्दै सरकारमा सहभागी भएपछि शाहीलाई कारबाही गरेको थियो । सो व्यहोराको पत्र एमालेले प्रदेशसभा सचिवालयमा दर्ता गरेको थियो । प्रदेशसभाले सांसदलाई पदमुक्त नगरेको भन्दै दुई दिन प्रदेशसभा बैठक समेत अवरुद्ध गरेको थियो ।

 

सचिवालयले एमाले संसदीय दललाई शाहीलाई कारबाही गर्न नमिल्ने व्यहोराको पत्र पठाएको प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जानकारी दिए ।  एमालेले अर्का सांसद विमला वलीलाई समेत कारबाही गरेको छ । सभामुख पूर्णबहादुर घर्तीले वली र शाही दुबैलाई एमालेले कारबाही गर्न नसक्ने निर्णय लिएको पुनले जानकारी दिए ।

 

प्रदेशसभाले प्रकाशन गरेको पुस्तकमा भने शाही एमाले संसदीय दलको सदस्य रहेको उल्लेख गरिएको छ । वली नेकपा पार्टी रहदा उपचुनावबाट निर्वाचित भएकी हुन । उनले आफूले माओवादी रोजेको बताएकी छन् ।

 

एमालेले सभामुखले राजनीतिक कार्यकर्ताको भूमिका निर्वाह गरिरहेको आरोप लगाउदै आएको छ । एमालेका दुई सांसदको राजीनामादेखि जसपाका तीन सांसद पदमुक्त गर्दा सभामुखले पक्षपातपूर्ण व्यवहार गरेको एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले बताए । प्रदेशसभाको पत्रपछि एमालेले नयाँ रणनीति अनुसार अघि बढ्ने जनाएको छ ।

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर