नेभिगेसन मेनु

पाँच हजार लिटर मही निःशुल्क वितरण
सम्पादक:南亚网络电视
समय:2026-04-12 13:27

 

 New-Project-2025-04-10T174603.050

काठमाडौँ, चैत २९ गते । दोस्रो मही दिवसका अवसरमा शनिबार मुलुकभर पाँच हजार लिटर मही निःशुल्क वितरण गरिएको छ । नेपाल डेरी एसोसिएसन र प्रदेशमा रहेका स्थानीय डेरी उद्योगीको आयोजनामा उपत्यकासहित दशैभर विभिन्न चोक, सार्वजनिक स्थल, अस्पताल, ट्राफिक कार्यालयमा मही निःशुल्क वितरण गरिएको हो । 

‘महीको विश्वास, स्वास्थ्यको विकास, घर घरमा फैलाऔँ अभियानको प्रयास’ भन्ने अभियानका साथ दोस्रो राष्ट्रिय मही दिवस शनिबार देशैभरि मनाइएको छ । शनिबार आयोजित कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारिणी सदस्य नरेशलाल श्रेष्ठले दुग्ध तथा दुग्ध पदार्थको निर्यातमा ठुलो सम्भावना भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । गर्मी मौसममा महीको खपत बढाउन सके दुधको खपत वृद्धि गरी अर्थतन्त्रमा समेत टेवा पुग्ने उहाँको भनाइ छ । 

एसोसिएसनले दुई वर्षअघिदेखि महीको प्रवर्धन गर्ने उद्देश्यले निःशुल्क मही वितरण गर्दै आएको छ । एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहालले दशैभरि मोहीको बजारीकरण भएपछि खपतसमेत बढ्दै गएको जनाएको छ । चिसो पेय पदार्थको तुलनामा मही स्वास्थ्यका लागि लाभदायक हुने भएकाले पनि यसको उपभोग बढाउन आवश्यक रहेको उहाँको भनाइ छ । पछिल्लो समय बिहे, व्रतबन्ध, पार्टी प्यालेसमा चिसो पेय पदार्थको सट्टा मोही राख्ने चलन बढ्दै गएको छ । मही स्वास्थ्यका लागि लाभदायक मानिन्छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर