
भैरहवा, मङ्सिर ८ गते । थाइल्यान्डको बैङ्ककबाट भैरहवा आएको थाई एयर एसियाको विमान आइतबार लगभग पूर्ण क्षमतासहित अवतरण गरेको छ । विमान १६१ जना यात्रु लिएर गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको विमानस्थलका सूचना अधिकारी विनोदसिंह रावतले जानकारी दिनुभयो । उहाँका अनुसार अधिकांश यात्रु बौद्ध धर्मावलम्बी छन् ।
कात्तिक ९ गतेदेखि बैङ्कक–भैरहवा–बैङ्कक नियमित उडान गर्दै आएको थाई एयर एसियाले यसअघि भैरहवाबाट प्रस्थान गर्ने यात्रु सङ्ख्या उल्लेख्य भए पनि भैरहवा आउने यात्रु कम थिए । आइतबार भने आगमन सङ्ख्या एक्कासि बढेको विमानस्थलले जनाएको छ । आइतबार नै भैरहवाबाट बैङ्ककका लागि १४५ जना यात्रु प्रस्थान गरेका छन् ।
आइतबारको चहलपहलले विमानस्थलको आगमन कक्षमा लुम्बिनी क्षेत्रको पर्यटन सम्भावनाबारे उत्साह थपेको पर्यटन व्यवसायी सागर गिरीले बताउनुभयो । अघिल्लो वर्ष कात्तिकदेखि चैतसम्म थाई एयर एसि





