नेभिगेसन मेनु

सुनचाँदीको मूल्यमा सामान्य गिरावट
सम्पादक:南亚网络电视
समय:2025-11-22 12:03

 

 _gold (1)

काठमाडौँ,  मङ्सिर ६ गते । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बिहीबारको तुलनामा आज दुवै धातुको मूल्य घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु. एक हजार ३०० ले घटेको छ भने त्यति नै परिमाणको चाँदी रु. ८५ ले घटेको छ । आज एक तोला सुनको मोल रु. दुई लाख ४१ हजार ७०० निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु. तीन हजार १०० कायम भएको छ । 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ६२ अमेरिकी डलरमा कारोबार भइरहेको छ । 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर