नेभिगेसन मेनु

दोलखाको भीमेश्वरलाई पसिना, अनिष्टको संकेत भन्दै पूजापाठ
सम्पादक:南亚网络电视
समय:2024-07-21 13:48

1106e017-7612-425b-a7a5-420dced562ab_1_aY1VQiEeBG

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरको शिलामा पसिना आएको छ । झण्डै तीन घण्टादेखि पसिना आएपछि मन्दिरमा पूजापाठ शुरु गरिएको छ ।

भीमेश्वरको शिलामा पसिना आउनुलाई धार्मिक हिसाबले मुलुकमा अनिष्टको सूचकका रुपमा हेरिने जनविश्वास छ । पौने २ बजेदेखि पसिना आउन थालेपछि जिल्लास्थित सुरक्षा निकायका प्रमुख, गुठियारहरु पूजापाठमा संलग्न भएको बताइन्छ ।

यस्तो अवस्थामा राष्ट्र प्रमुख र संघीय सरकारले क्षमापूजा पठाउने चलन छ ।

यस्तो अवस्थामा राष्ट्र प्रमुख र संघीय सरकारले क्षमापूजा पठाउने चलन छ । भीमेश्वर मन्दिरको गुठी तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरतबहादुर श्रेष्ठका अनुसार शिलाको बायाँ भागबाट निरन्तर पसिना बगिरहेको छ । 

पसिना हेर्न र पूजापाठ गर्न सर्वसाधारणको घुईंचो लागेको छ । उनीहरुले वरपरका घण्टहरु बजाएका छन् । पसिना आउन थालेपछि शिलामा चमक देखिएको स्थानीयले बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर