नेभिगेसन मेनु

देशभर ४२ प्रतिशत रोपाइँ सम्पन्न
सम्पादक:南亚网络电视
समय:2024-07-11 15:25

ropain-fiture_3vj4ueT7Z6

काठमाडौँ । देशभर ४२ प्रतिशत भान रोपाई सम्पन्न भएको छ । कृषि विभागको पछिल्लो विवरण अनुसार अनुसार देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये ५ लाख ९५ हजार १२९ हेक्टर (४२.६ प्रतिशत) रोपाई सम्पन्न भएको हो । 

देशभर चार दिनमा करिब ५६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाई भएको विभागले जनाएको छ । 

सुदूरपश्चिममा १ लाख ७४ हजार ५७६ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने उल्लेख गरिएको छ । सबै भन्दा बढी १ लाख५० हजार ६२ (८६.२ प्रतिशत) यहाँ रोपाई भइसकेको छ । 

यस्तै, सबैभन्दा कम मधेस प्रदेशमा धान रोपाई भएको विभागको तथ्याङ्क छ । ३ लाख ८३ हजार १५० हेक्टरमा धान रोपाई हुने अनुमान गरिएपनि हालसम्म जम्मा २५.५ प्रतिशत अर्थात ९७ हजार ८५१ हेक्टरमा रोपाई हुन सकेको छ । 

यस्तै, कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमा रोपाई हुने अनुमान गरिएको छ । सोमध्ये हालसम्म ९५ हजार १७० हेक्टर (३४.४ प्रतिशत) क्षेत्रफलमा मात्रै रोपाई हुन सकेको छ । 

यस्तै, बागमती प्रदेशमा १ लाख १४ हजार ५६१ हेक्टर क्षेत्रफलमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म यस प्रदेशमा ४६ हजार ४४ हेक्टर (४०.२) मा रोपाई भएको छ ।  

यस्तै, गण्डकी प्रदेशमा ९६ हजार ५३ हेक्टरमा रोपाई हुने भनेर सरकारी तथ्याङ्क छ । हालसम्म यहाँ ४७ हजार ७३३ हेक्टर (४९.७ प्रतिशत)  क्षेत्रफलमा रोपाई भएको छ । 

यस्तै, लुम्बिनी प्रदेशमा ३ लाख ११ लाख ६४३ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म यो प्रदेशमा १ लाख ३८ हजार ३६४ हेक्टर (४४.४ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई हुन सकेको छ । 

यस्तै, कर्णाली प्रदेशमा ४१ हजार ९०४ हेक्टरमा धान रोपाई हुने अनुमान गरिएको छ । हालसम्म १९ हजार ९०४ हेक्टर (४७.५ प्रतिशत ) क्षेत्रफलमा धान रोपाई भएको विभागको तथ्याङ्क छ । 

गत वर्ष असार २४ सम्ममा देशभर ४२ प्रतिशत रोपाई भएको थियो । गत वर्ष १४ लाख ९६ हजार ८३७ हेक्टर क्षेत्रफलमा धान खेती हुने अनुमान गरिएकोबाट यो समयमा ६ लाख ४२ हजार २८४ हेक्टर क्षेत्रफलमा रोपाई भएको थियो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर