नेभिगेसन मेनु

भन्सार छलेर ल्याएको अवैध सामान बरामद
सम्पादक:南亚网络电视
समय:2024-06-24 14:10

Bhansar-chhali

असार १० गते । भारतबाट भन्सार छलेर अवैध रुपमा भित्र्याइएको सामान कैलाली प्रहरीले बरामद गरेको छ । प्रहरीले जिल्लाको विभिन्न स्थानबाट पाँच लाख ५० हजार रुपियाँ बराबरको भन्सार छलीको सामान बरामद गरेको हो ।

धनगढी उपमहानगरपालिकाको वडा एरिया चौराहा, पुरानो भन्सार रोड, बसपार्क, जुगेडा, शहीद गेट, गोदावरी नगरपालिका–२ रिङ्गरोड, टीकापुर नगरपालिकाको बालुवाटारस्थित भित्री सडक खण्डबाट सामान बरामद गरिएको छ ।

बरामद भएको सामानमा कपडा, खाद्य पदार्थ, चप्पल, प्रेसर कुकर, रबर, प्लाष्टिक र किराना पसलका सामान रहेको जनाइएको छ । नियन्त्रणमा लिइएको सबै सामानलाई आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर