सहकारी प्रकरणमा संसदीय छानबिन समिति माग गर्दै आएको प्रमुख प्रतिपक्षी दल कांग्रेसले आइतबार काठमाडौंमा प्रदर्शन गर्ने भएको छ ।
कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको सहकारी प्रकरणमा संलग्नताबारे छानबिनको माग गर्दै आएको छ । तर, समितिको कार्यादेशलाई लिएर दलहरूबीच सहमति जुट्न सकेको छैन ।
सरकारमाथि दबाब बनाउन कांग्रेसले सडकमा प्रदर्शन गर्न लागेको हो । प्रदर्शन दिउँसो १ बजेबाट सुरु हुने कांग्रेसले जनाएको छ । संसद्मा कांग्रेसको अवरोध कायमै छ ।