नेभिगेसन मेनु

आज आमाको मुख हेर्ने दिन, मातातीर्थमा भव्य मेला
सम्पादक:南亚网络电视
समय:2024-05-08 11:55

Mata-Tirtha-aaunsi-final_pKUMsV5dyP

काठमाडौं : आज (बुधबार) मातातीर्थ औंशी अर्थात् जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै मनाइँदैछ। जीवित तथा दिवंगत दुवै आमाको तृप्तिका लागि आजको दिनलाई पुण्यतम दिनको रुपमा मनाउने गरिन्छ।

आमाप्रति श्रद्धाभाव प्रकट गर्ने (आमाको मुख हेर्ने) दिन प्रत्येक वर्षको वैशाख कृष्ण औंशीका दिन पर्दछ।

मातातीर्थ औंशीका दिन आज आमालाई मनपर्ने चिज दिएर खुशी राख्ने चलन छ। छोराछोरीले विषेशगरी आज आमालाई मनपर्ने मीठा मीठा खानेकुरा र वस्त्रलगायतका सामग्री दिएर आमालगायत गुरुआमा, सासूआमा र काकीहरूलाई भेटगरी आशीर्वाद ग्रहण गर्छन्।

यस्तै, आमा नहुनेहरूले भने दिवंगत आमाको सम्झनामा, पिण्ड दान, तर्पण र श्राद्ध गरी सम्झना गर्ने गर्दछन्। औंशीका दिन मातृश्राद्ध गरे अक्षय पुण्य प्राप्त भई आमाले आत्माले तृप्ति पाउने शास्त्रमा उल्लेख छ।

औंशीका दिन चन्द्रागिरिस्थित मातातीर्थ मन्दिरमा लाग्ने मेलाको सुरुवात मंगलबारबाटै भइसकेको मातातीर्थ संरक्षण तथा विकास संस्थाका अध्यक्ष शान्त उदासले जानकारी दिए। उनले मेलामा आउने तिर्थालुलाई सहज होस् भनेर समितिले सबै व्यवस्था मिलाएको समेत उल्लेख गरे।

काठमाडौंको पश्चिमी भेगमा रहेको मातातीर्थमा आमाको सम्झनामा तर्पण, सिदा दान र पिण्ड दान गरी श्राद्ध गर्ने भक्तजनको आज भीड लाग्ने गर्दछ। देशका विभिन्न स्थानबाट आएका दर्शनार्थीले मातातीर्थका धारामा स्नान गरी माताको मन्दिरमा पूजा गरेर कुण्डमा दिवंगत आमाको मुख हेरेको विधि गर्छन्।

यस्तै, तीर्थमा आई आमाको नाममा संकल्प गरेर श्राद्ध गरेमा कहिल्यै नाश नहुने पुण्य प्राप्त भएर दिवंगत आमा खुसी हुने पौराणिक मान्यता रहिआएको छ।

द्वापर युगमा गाई चराउन गोठालो आएका ग्वालाले खाजाका लागि ल्याएको रोटी मातातीर्थको कुण्डमा खसेको र ग्वालाले रोटीलाई हेर्दा दिवंगत आमाको मुख देखेर रोएको तथा त्यो दिन संयोगले वैशाख कृष्ण औंशीको दिन परेको जनविश्वास रहिआएको छ।

सो कुण्डमा देखिएकी आमाले ग्वालालाई नरुन आग्रह गर्दै प्रत्येक वर्ष वैशाख कृष्ण औंशीका दिन मातातीर्थमा आएर स्नान गर्न भनेको किंवदन्ती छ। सोही घटनालाई आधार मानेर परापूर्वकालबाटै औंशीका दिन मातातीर्थमा मेला लाग्ने गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर