नेभिगेसन मेनु

बाढी र डुबानका कारण ५६ जनाको मृत्यु
समय:2021-07-27 03:53

 

 

चीनको मध्य क्षेत्रमा व्यापक बर्षापछि आएको बाढीका कारण मृत्यु हुनेको सङ्ख्या शुक्रबार ५६ पुगेको स्थानीय अधिकारीले बताएका छन् । बाढी पहिरोमा परी अझै सात व्यक्ति हराइरहेको बताइएको छ।

 

प्रान्तीय आकस्मिक सेवा व्यवस्थापन विभागका अनुसार झेङझाउ नजिकैको जिङ्गङ सुरूङ मार्गमा मङ्गलबारदेखि पानी पस्दा फसेका कैयौँ गाडीहरू अझै उद्धार गरी निकाल्ने क्रम जारी रहेको र मृतक सङ्ख्या अझै बढ्नसक्ने देखिएको छ।

 

भूमिगत सडकमा अझै धेरै पानी जमिरहेको र त्यहा थप मृतक फेला पर्नसक्ने सम्भावना रहेको विभागले जनाएको छ। आकस्मिक सेवा जारी रहेको र कतिपय व्यक्तिलाई स्थानीयसमेतको सहयोगमा उद्धार भएको र उपचारका लागि अस्पताल पठाइएकाले प्रभावितको एकीन सङ्ख्या भने अझै आउन नसुकेको विभागले जनाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर