नेभिगेसन मेनु

उत्तरी सिमा नाका लिपिङ स्थित नेपाल-चिन जोडिने पुल क्षतिग्रस्त भएपछि कन्टेनरका सा
समय:2021-06-23 04:17

 

 

दक्षिण एशिया नेटवर्क टिभी मे २३ को रिपोर्ट,अविरल वर्षाका कारण चीनको तिब्बत सीमाक्षेत्र स्थित लिपिङ पुल, अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि चीनबाट तातोपानी नाका भित्रिएका सामाग्रीहरू मान्छेले बोकेर तातोपानी भन्सार कार्यालय ल्याउन थालिएको छ ।

 

भोटेकोशी गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले लिपिङ खोलाको बाढीको कारण पुल भत्किए पछि ब्यापारीहरुले चीनबाट ल्याएको अक्सिजन सिलिण्डर, मेडिकल सामग्री, स्याउ, लसुन लगायतका सामान भरिया लगाएर तर्दै आएको जानकारी दिनुभयो । लिपिङ पुललाई ठाडो खोलाले क्षतिग्रस्त बनाएको छ भने तल बाट बगेको भोटेकोशी नदीको बाढीले तान्दै आएको र फेरी पहिरो जाने उच्च जोखिम रहेको उहाँले बताउनु भयो ।

 

बाढीले पुल क्षतिग्रस्त बनाएपछि सबै मालबाहक कन्टेनर चिन तर्फ रोकिएका छन् । उक्त कन्टेनरहरुमा अक्सिजन प्लान्टका उपकरण, मेडिकल इन्वूमेन्ट, अक्सिजन सिलिण्डर, स्वास्थ सामाग्री, औषधी, स्याउ, लसुन, ओखर, लत्ताकपडा लगायतका सामान रोकिएको अध्यक्ष पौडेलले बताउनु भएको छ । ब्यापारी र नेपाल सरकार स्वास्थ मन्त्रालयले ल्याएका उक्त सामानहरु पुल पारी नै अड्किएका छन् । लिपिङ र चीनको भूभागमा मालबाहक कन्टेनरहरू रोकिएपछि राजधानीका अस्पतालहरूमा उक्त सामानहरु अभाव हुन थालेका छन् ।

 

 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
प्रकाशन
पृष्ठ सूची
स्पोन्सर AD
पृष्ठ सूची

नयाँ समाचार

उप्पर